» » उखु किसानसँग छलफल, सरकारले तोक्यो उखुका मूल्य

जनकपुर पुस १० गते । भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्रालय , उद्योग, पर्यटन तथा वतावरण मन्त्रालयको संयुक्त आयोजनामा उखु किसानका प्रतिनिधिहरु र चिनी मिलका संचालकहरुको बीच आज कृषि मन्त्रालयमा छलफल भएको छ ।

देशभित्र रहेको १४ चिनी उद्योगमध्ये ८ वटा उद्योग प्रदेश २ मा नै रहेको छ । यहाँका उखु किसान वर्षौदेखि उखुका मूल्य नपाएको गुनासो बढी रहेको कृषि मन्त्री शैलेन्द्र साहले बताउनुभयो ।

उता, उखु किसानले बेचेको रकम पाइरहेको छैन भने यता, संघीय सरकारले गत वर्षकै उखुको खरिद मूल्यलाई निरन्तरता दिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारी दाबी छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको समर्थन मूल्य आइतवार मन्त्रिपरिषद्मा पेश गरेको थियो ।

समर्थन मूल्यमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान सरकारले उपलब्ध गराउने छ भने बाँकी रकम चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने छ । उखुको समर्थन मूल्य किसान र उद्योगीहरुसँगको छलफलबाट नै तोकिएको कृषि मन्त्रालयले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..