» » समाजवादी पार्टी र राजपा एकीकरणमा किचलो

काठमाडौं पुस ९ गते । समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि अब राष्ट्रिय जनता पार्टी नेपालसँगको एकता प्रकृया कसरी अगाडि बढने विषयमा चर्चा शुरु भएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालले पार्टी एकीकरणका लागि आफ्नो पार्टीलाई दवाव दिएको र आज त्यो माग उनीहरुको पूरा भएको हुनाले अब बल राजपा नेपालको कोटमा रहेको बताउनुभयो । पार्टीद्धरा आयोजित पत्रकार सम्मेलनमा यादवले राजपा नेपालको एउटा माग पुरा भएको छ अब एकीकरणको कुरा कसरी अगाडि बढ्छ त्यसमा भरपर्ने कुरा रहेको बताउनुभयो ।

उहाँले यतिसम्म भने कि राजपा नेपाल सरकारमा सहभागी आत्मघाती हुनेछ, मलाई लाग्दैन कि राजपा नेपाल आत्महत्या गर्न जान्छ ।’ तपाई सरकारमा हुँदा आत्मघाती नहुने राजपा नेपाल सरकारमा जाँदा आत्मघाती हुने कसरी भनि पत्रकारको जिज्ञासामा उहाँले सरकारमा जाने नजाने उहाँहरु (राजपा) को स्व्तन्त्रताको कुरा रहेको प्रतिकृया दिनुभयो ।

यता, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणको प्रयास जारी रहेको बताउनुभयो । समाजवादी सरकारमा जाँदा आत्मघाती नहुने राजपा नेपाल जाँदा आत्मघाती हुने भन्नु वहियात कुरा हो तर दुवै पार्टी मिल्नुका विकल्प नरहेको बताउनुभयो । मधेशका जनताले दुवै दल एक होउन भने रहेको बताउँदै उहाँले एकताका लागि प्रयास जारी रहने बताउनुभयो ।

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले एक मेडियालाई दिनुभएको अन्तरवार्ता अनुसार समाजवादी पार्टीसँग एकीकरणका लागि नयाँ ढंगबाट सोच्नुपर्ने बताउनुभयो । जुनबेला राजपा नेपालले सरकारबाट बाहिरिन भन्यो त्यो बेला बाहिरिएन अहिले कुनी के कुरा नमिलेर सरकार छाडेको छ, त्यसको पनि समिक्षा हुने उहाँले बताउनुभएको छ ।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणको आवश्यक छ तर त्यसको विविध पक्षमा छलफल हुनुपर्ने बताउनुभयो । समाजवादी पार्टीले सरकार छाडेपछि मात्र एकीकरण हुने कुरा राजपा नेपालले भनेको कुरा आफूलाई थाह नभएको उहाँले बताउनुभयो । एकीकरणका लागि को सरकारमा छ को बाहिर छ त्यो मुख्य कुरा होइन, मुख्य कुरा विचार, सिद्धान्त, नीति, एजेण्डा नै हो, यी कुराहरु मिलेपछि एकीकरण हुन्छ, उहााले भन्नुभयो, एकीकरण नहुनुमा उपेन्द्र यादवको मात्र बेइमानी छ ।’ 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..