» » समाजवादीको संसदीय दलको बैठक बस्दै, के हुँदैछ छलफल ?

काठमाडौैं पुस ८ गते । समाजवादी पार्टीको संसदीय दलको बैठक बस्न लागेको छ । दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा चालु हिंउँदे अधिवेशन तथा संविधान संशोधन लगायत सरकार सञ्चालनको विषयमा छलफल हुने प्रमुख सचेतक उमाशंकर अरगरियाले बताउनुभयो ।

समाजवादी पार्टीले संविधान संशोधनको एजेण्डामा सहमति गरेर सरकारमा सहभागी भएको थियो तर हालसम्म त्यसको प्रकृया पनि शुरु भएको छैन । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रकृया शुरु गर्ने प्रस्ताव मन्त्रीपरिषदमा हिजो लग्नु भएको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अस्वीकार गरि दिनुभयो । अको कदम के हुने त्यसको बारेमा पनि संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।
सरकारमा मन्त्री हेरफेरको विषयमा पनि छलफल हुने बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..