» » भारत सरकारद्वारा निर्मित छात्रावासको उद्घाटन

काठमाडौं पुस ६ गते । भारत सरकारद्वारा निर्मित किर्तिपुरस्थित नेपाल सशस्त्र प्रहरी बल स्कूलका छात्रावास आइतवार उद्घाटन गरिएको छ ।

नेपालस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा.अजय कुमारले उद्घाट्न गर्नुभएको सो छात्रावास दुईतल्ले भवन रहेको रहेको छ ।

भारत सरकारको ४.०४२ करोड नेपाली रुपैंया अनुदान सहयोगमा निर्मित यस दुई तल्ले भवनमा वार्डेनका लागि एउटा छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाईको सुविधा सहित ३२ वटा कोठाहरु रहेको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २००५ मा स्थापित यस नेपाल ए.पी.एफ.स्कुल नेपाल सशस्त्र प्रहरी बल अन्तर्गत रहेको सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो ।

यो विद्यालय काठमाडौंको कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा अवस्थित छ । जसमा २१ प्रतिशत भन्दा बढी छात्राहरु अध्ययनरत छन् ।

कार्यक्रममा नेपालस्थित भारतीय दुतावासका अन्य प्रतिनिधिका साथै नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत नेता किर्तिपुरका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्काको समेत उपस्थित थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..