» » कपिलवस्तुमा राजपा विजय

कपिलवस्तु मंसिर १५ गते । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्र  विजयी हुनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मतमध्ये ८ सय ६८ मत ल्याएर मिश्र विजयी हुनुभएको हो ।  उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देब भारतीले ४ सय ६५ मत ल्याउनु भएको छ । 


त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अदालत मनिहारले  १ सय ४७,  समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी १ सय ७५,  जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी २८, राप्रपाबाट बलभद्र मिश्र ११,  मत प्राप्त गर्नुभएको छ । 


२१ मत बदर भएको छ ।

मतगणना चन्द्रौटा दुर्गा मन्दिर परिसरमा भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको आकस्मिक निधन भएपछी रिक्त रहेको पदमा अहिले उपनिर्वाचन भएको हो। वडाध्यक्ष पदका लागि भएको उक्त निर्वाचनमा ७ राजनितिक दल र ५ स्वतन्त्र उम्मेदवार गरी १२ जनाको प्रतिष्प्रर्धा रहेका थिए ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..