» » उपेन्द्र यादवले अशोक राइलाई नस्विकारेपछि

काठमाडौं पुस १२ गते । राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका वरिष्ठ नेता अशोक राइलाई आफू भन्दामाथी नस्वीकारेको कारण पार्टी एकिकरणमा ढिलाइ भएको बताउनु भएको छ ।

वरियताक्रम अनुसार महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, अशोक राई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठलाई राखेर बाँकी रहनु भएका अनिल झा र राजकिशोर यादवलाई राख्ने प्रस्ताव राजपा नेपालको रहेको छ ।

तर उपेन्द्र यादवले आफू भन्दा माथि अशोक राईलाई नस्वीकार्ने कुरा राजेन्द्र महतोले सन्चारकर्मीलाई तथा आफ्ना निकट नेतालाई भन्दै आउनु भएको छ ।

एक टेलिभिजन अन्तरवार्ता पनि महतोले जनजाति कलस्टर मिलाउनु पर्ने त्यसमा कुरा नमिलेको संकेत गर्नु भएको छ । उ

यादव आफू बाबुरामपछि रहने दावी गर्दै आउनुभएको छ तर राजपाका संयोजक राजेन्द्र महतोले जनजाति कलस्टर मिलाउनलाई पनि बाबुरामपछि अशोक राईलाई राख्नु पर्ने अडान लिनु भएको राजपा नेपालका एक नेताले बताउनु भयो ।

अहिले पनि समाजवादी पार्टीमा उपेन्द्र यादवपछि अशोक राईको नाम रहेको छ ।

यता राजेन्द्र श्रेष्ठले आफू शरत र महेन्द्रपछि होइन राजेन्द्र महतोपछि बस्ने अडानमा छन् । राजपाल र समाजवादी पार्टी एकिकरणमा नेतृत्व मिलानमा कुरा नमिलेपछि एकिकरण प्रकृया पछाडि धकेलिदै गएको बताइन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..