» » मन्त्रीले नै पठाउनु हुन्छ यस्तो निमन्त्रणा अनि कसरी सफल हुन्छ पर्यटन वर्ष ?

नेपाल भ्रमण वर्ष २०२० मनाउन सरकार धुमधामका साथ तयारीमा छन् । सन् २०२० जनवरी १ तारेखमा त्यसको भव्य उद्घाटन गर्ने तयारी भइरहेको छ ।
दे
विदेशका हजारौ पाहुनालाई उद्घाटनमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।


विदेशबाट पाहुना आउने क्रम शुरु भएको छ । भ्रमण वर्ष २०२० भव्यरूपमा सफल पार्न प्रदेश सरकार पनि लागि परेको छ । प्रदेश सरकारले पनि २०२० जनवरी १ का लागि सबैतिर निमन्त्रणा पठाइ रहेका छन् ।

 उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्री रामनरेश राय यादव र नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिको तर्फबाट निमन्त्रणा गरिएको छ तर ४७ वर्ष पछाडिको लागि निमन्त्रणा गरिएको छ ।

  मिति २०२०/१/१ गतेको लागि निमन्त्रणा गरिएको छ । जब कि अहिले २०७६ चलिरहेको छ ।

निमन्त्रणा पाउनेहरु पनि अच्चममा परेको छ । भ्रमण वर्ष कहिले उद्घाटन हुने भनि अच्चममा परेका छन् । य
अँ
तारेख हो भने ई.सं. वा सन् लेखेर २०२०/१/१ तारेख लेख्नु पर्थ्यो । यहाँ मिति र गते उल्लेख गरेको कारण धेरैजना अन्योलमा छन् । यो नेपाली गते मिति भएको छ ।

मन्त्रालय र मन्त्रीले नै यस्तो अन्योलपूर्ण निमन्त्रणा वितरण गर्नुहुन्छ भने भ्रमण वर्ष कसरी सफल हुन्छ भनि प्रश्न खडा भएको छ ।

भ्रमण वर्ष २०२० सफल पार्न करौडो खर्च गरिएको छ तर यी साना साना कुरामा ध्यान नदिँदा अन्योल सृजना भएको छ । विदेशीकको हातमा गयो भने लाजमर्दो कुरा हुन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..