काठमाडौँ पुस ९ गते । समाजवादी पार्टीका दुईजना मन्त्रीले राजिनामा दिएपछि विभिन्न प्रतिकृयाहरु आइरहेका छन् ।
त्यसैक्रम नेपाली राजनीति भन्दा टाढा बस्नु भएका तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुलाई दास भन्नु भएको छ ।
संयोजक गुप्ताले आफ्नो ट्वीटर मार्फत यीदलका नेताहरुलाई प्रधानमन्त्री ओलीका दास भन्नु भएको छ । उहाँले समाजवादी को सत्ता बहिर्गमन र राजपाको नयाँ सत्ता समिकरणले दुबैका कृत्यको बिषयगत उपलब्धि केही नहुने टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली कलापूर्ण ढंगबाट दुबै दासहरूलाई नंग्याएका छन्, दुवै दलका नेता आकाशतिर थुकेर आफ्नै मुखमा खसालेको थुकलाई शीत परेको भनि भ्रमित भै रहेको टिप्पणी पनि गर्नु भएको छ ।
संयोजक जेपी गुप्ता उपेन्द्र यादव र राजपाल नेपालका साथमा पटक पटक सत्तामा गइसक्नु भएको छ । लामोसमयसम्म तत्कालीन फोरममा रहेर काम गर्नु भएका उहाँ पछि आफ्ने नेतृत्वमा नयाँ दल खोल्नु भएको थियो ।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुनु भएका गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेका थिए । मन्त्री भएकै बेला पक्राउ परेपछि उहाँ जेल बस्नुभएको थियो । जेलबाट निस्कदा उहाँका पार्टी राजकिशोर यादवले कब्जा गरिसक्नु थियो ।
त्यसपछि उहाँ तराई मधेस राष्ट्रिय अभियान सञ्चालन गरेर राजनीतिमा सक्रिय हुनुभएको थियो ।
विभिन्न दलसँग मोर्चाबन्दी गर्दै आन्दोलनमा जानु भयो तर उहाँले सोचे जस्तो भएन । विस्तारै उहाँ निस्कृय हुँदै जानु भयो । खेतीकिसानीमा लाग्नु भयो । र, बेलाबेलामा समाजिक सञ्जाल मार्फत राजनीतिक तथा सामाजिक विषयवस्तुमा टिप्पणी गरिरहनु हुन्छ ।

No comments: