» » उपेन्द्र यादवको राजिनामापछि राजपाका नेताको प्रतिक्रिया

काठमाडौं ८ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सचिव इस्तियाक राइले मन्त्री पदबाट राजीनामा दिएपछि राजपा नेपालका नेताहरु प्रतिकृया दिएका छन् ।

राजपा नेपालका प्रवक्ता एवं सहमहामन्त्री कृष्ण सिंहले उपेन्द्र यादवले मन्त्री पदबाट दिनु भएको राजिनामालाई स्वागतयोग्य भन्नुभएको छ । उहाँले भन्नुभएको छ, नैतिकताको आधारमा राजिनामा दिनु उचित थियो ।'

 प्रदेश २ का राज्यमन्त्री एवं राजपा नेपालका सहमहामन्त्री सुरेश मण्डलले उपेन्द्र यादवले मधेसलाई धोका दिएको टिप्पणी गर्नुभएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हाँलेराजिनामा दिएपछि राज्यमन्त्री मण्डलले आफ्नो फेसबुक मार्फत प्रतिक्रिया दिदै भन्नुभयो, जसले पनि संविधान संसोधनको आन्दोलनलाई कमजोर पार्ने काम मा. उपेन्द्र यादवबाट नै भएको हो ।'

उहाँले मधेस आन्दोलनलाई धोका दिएर चुनावमा जानेदेखि लिएर आन्दोलन र चुनावका सहयात्री राजपालाई  अलपत्र छोडेर छलफल समेत नगरी सरकारको एकल यात्रा गर्नेसम्ममा धोका दिएको टिप्पणी गर्नुभएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..