» » दिनाभद्री कोष पुन: सन्चालन हुने

दिनाभद्री छात्रवृति कोष लाई पुनः सक्रिय हुने भएको छ ।
मुसहर समुदायको विद्यार्थीका लागि सक्रिय यो कोष दुई वर्ष देखि निस्कृय थियो । अब त देशमा संघीयता लागु भई तीन तहका आफनो सरकार बनिसकेको छ र त्यसले सबै पछाडी परेका वा पारीएका समुदायको उत्थानमा साच्चिकै ठोस र व्यवहारिक भएर दु्रत गतिमा कार्य अगाडी बढने भनेर कोष निस्कृय रहेको राजकुमार महतोले बताउनुभयो ।

उहाँले भन्नुभयो,  तर विगत दुई वर्ष सम्म तिनै तहको सरकार सित गरिएको वकालत र फलोअपले अब आशा गर्ने खासै ठाउँ  देखिएन त्यही भएर यो कोष पुनः सक्रिय गर्न लागेको हुँ ताकी सबै भन्दा गरिब र विभेदमा रहेका समुदायका बालबालिका तथा युवाहरु शिक्षाको उज्यालो घामबाट बन्चित रहन न परोस ।'

अहिले यसलाई अझ बिस्तार पनि गरिएको छ मुसहर समुदायका विधार्थी बाट मुसहर, डोम, चमार र हलखोर गरी चार समुदायका बच्चाहरु तथा युवाहरुको शिक्षामा सहयोग गरीने छ ।

हालसम्म यस दिनाभद्री छात्रवृति कोष मार्फत संकलन भएको रकम र यसको प्रयोगको विस्तृत विवरण कोषसँग रहेको बताउनुभयो
। पारदर्शीताप्रति कोष पूर्ण प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..