» » उपेन्द्र यादवले भन्नुभयो, ‘गौर हत्याकाण्डको कुरा गरेर देशलाई बिखण्डन गर्न केही तत्व उद्धत छन्

जनकपुर मंसिर ११ गते । उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले गौर हत्याकाण्डको कुरा गरेर देशलाई बिखण्डन गर्न केही तत्व उद्धत रहेको टिप्पणी गर्नुभएको छ ।


बुधवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय एकता खलबल्याएर देशलाई विखण्डनको बाटोमा लैजान चाहने शक्तिले गौर हत्याकाण्डको कुरा उठाएकोे बताउनु भएको हो ।


महोत्तरीको पिपरा गाउँपालिकामा उपनिर्वाचनमा आफ्नो  पार्टीको उम्मेद्वारको प्रचारप्रसार गर्न जाने क्रममा यहाँ आएका उपप्रधानमन्त्री यादवले गौर हत्याकाण्डको धम्की देखाएर मधेसलाई दबाउन खोजेकाले यस्तो कुरा गर्नु गलत रहेको बताउनुभयो ।


उहाँले सप्तरी हत्याकाण्ड, झापा हत्याकाण्ड, माडी हत्याकाण्ड लगायत देशमा विभिन्न हत्याकाण्डहरु भएको उल्लेख गर्दै भने, ‘यी सबै कुरा उठाउँदै गएमा के परिणति आउँछ रु त्यति ठूलो जनयुद्ध कहाँ पुग्छ ?’

अर्को प्रसंगमा यादवले मन्त्रिमण्डल फेरबदल सामान्य विषय रहेको बताउँदै हटाइएका राज्यमन्त्रीको ठाउँमा पनि अर्को राज्यमन्त्री नियुक्त गरिने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको संविधानमा त्रुटि र कमीकमजोरी रहेकाले संविधान संशोधनका लागि यो नै सही समय रहेको बताउँनुभयो ।

संविधान संशोधनका लागि अब प्रक्रिया छिट्टै अघि बढाइने भन्दै मन्त्री यादवले कानुन निर्माणका केही प्रक्रिया समेत अघि बढ्ने बताउनुभयो ।

उहाँले सरकारबाट अलग भएमात्रै राजपा नेपालले एकता गर्ने भन्नु अशोभनीय भएको बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..