» » उम्मेदवारको घरमा बम विस्फोट

फाइल फोटो
काठमाडौँ मंसिर १२ गते । महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो ।


विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।



अहिले घटनास्थलमा सुरक्षाकर्मी पुगेर अनुसन्धान सुरु गरेको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..