» » उपेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको माया


काठमाडौं मंसिर ९ गते । समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवले आज पदभार ग्रहण गर्नुभएको छ ।

 मन्त्री हेरफेरमा कानुन न्या तथा संसदीय मामिला मन्त्रालय पाएको ५ दिनपछि पदभार ग्रहया गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बढि नै माया गरेर कानुन मन्त्रालयमा पठाएको बताउनुभयो । 


प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो  ।

जिम्मेवारी ग्रहण गर्दै उहाँले त्यसलाई आफूले सामान्य रुपमा लिएको पनि प्रतिक्रिया दिनुभयो ।

‘प्रधानमन्त्रीले तपाईँसँग परामर्श नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भयो नि ?’ भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफमा उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्रीले सो विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराउनुभयो ।

‘परामर्श गरिराख्नु पर्दैन’, कानुनमन्त्री यादवको भनाइ थियो ।  ‘यो सामान्य कुरा हो, प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।’ प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुभव होस् भनेर अलि बढि नै माया गरेर सो मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्छ’ उहाँले प्रधानमन्त्रीलाई व्यङ्ग्य गर्नुभयो ।

यसैबीच, उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ। उहाँले कुनै पनि समस्या भए आफूसँग निसंकोच राख्न मातहतका कर्मचारीलाई सचेत गराउदै मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले संघीयता अनुकूल हुने गरी कानुन संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..