» » चाडपर्वका लागि चाहिने फूलको खेती

चाडपर्व लगायत विभिन्न अवसरहरुमा अत्याधिक रुपमा प्रयोग हुने फूलको व्यावसायीक खेती हरेक वर्ष सप्तरी जिल्लामा वार्षिक दश करोड भन्दा बढी फूल आयात हुने सप्तरी जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती गर्न शुरु भएको छ । थालिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ स्थित धरमपुरमा तीन जनाले सामुहिक फूल खेती शुरु गरेका छन् । स्थानीय पूर्व ईन्जिनियर दिपक कुमार गुप्ता, अनिल प्रधान र पिताम्बर कर्णले संयुक्त लगानीमा फूल खेती गर्नुभएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको धरमपुरमा बाँझो रहँदै आएको जग्गा भाडामा लिएर उहाँहरुले यसवर्ष डेढ बिघामा सयपत्री (गेन्दा) खेती गर्नुभएको छ ।

विवाह, ब्रतबन्ध तथा चाडपर्वका बेला भारतको सिलिगुडी लगायतका स्थानहरुबाट आयातित फूल सप्तरी जिल्लामा ठाउँ पाएको देखेर आफूहरुले सयपत्री फूलको खेती शुरु गरेको ई. दिपक गुप्ताले बताउनुभयो । विजयादशमी, दिपावली, भाइटिका तथा छठ पर्वका बेला मात्रै करोडौं रुपैयाँको सयपत्री फूल खपत हुने गरेकाले फूलको व्यवसाय रामै हुन्छ कि भने लागेर शुरु गरेको फूल खेतीबाट आफुहरु आशावादी रहेको उहाँले बताउनुभयो ।


डेढ बिघामा लगाएको सयपत्री राम्रै सप्रेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हामीले यसपाली शुरुवात मात्र ग¥यौं, राम्रै व्यापार हुने सम्भावना छ । लक्ष्मीपूजा, भाइटिका र छठ पर्वलाई लक्षित गरी ५० हजार माला तयारी अवस्थामा रहेको ई. गुप्ताले बताउनुभयो । उहाँका अनुसार औषत ४० ओटा सयपत्री फूलबाट बनाईएको माला थोक मूल्य ५० देखि ५५ रुपैयाँमा विक्री गरिने उहाँहरुको तयारी रहेको छ ।

फूल टिपेर सङ्कलन गरी स्थानीय सप्तकोशी कोल्ड स्टोरेजमा भण्डारण गरिएको अर्का सञ्चालक अनिल प्रधानले जानकारी दिनुभयो । फूल टिप्ने कार्य लगभग अन्तिम चरणमा पुगिसकेकोले सबभन्दा पहिला सप्तरी जिल्लाको राजविराज, कञ्चनरुप, फत्तेपुर, भारदह, हनुमाननगर, छिन्नमस्ता, बोदेवसाईन, कल्याणपुरसहितका बजारहरुमा माग अनुसारको आपूर्ति गर्ने उहाँले बताउनुभयो ।

यसका साथै सुनसरी, उदयपुर, सिरहा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पुर्याउने तयारी भईरहेको जानकारी दिँदै प्रधानले भन्नुभयो, ‘सबभन्दा पहिला त हामीले जिल्लालाई नै फूलमा आत्म निर्भर बनाउँदै अन्यत्र समेत व्यापार विस्तार गर्नेछौं ।’


सामुहिक सयपत्री खेतीबाट राम्रै आम्दानी भयो भने यसलाई दोब्बर अर्थात तीन बिगहामा पुर्याउने आफूहरुको सोच रहेको अर्का सञ्चालक पिताम्बर कर्णले बताउनुभयो ।आफ्नै देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत गरेर राम्रो आम्दानी कमाउन सकिने बताउँदै उहाँले भन्नुभयो, ‘शिक्षित यूवाहरुले अरुको मुख ताकेर बस्नुभन्दा आफ्नै गाउँटोलको जग्गा भाडामा लिएर पनि विभिन्न व्यवसायिक खेती, पशुपालन इत्यादी गरेर राम्रो आम्दानी कमाउन सकिन्छ ।’

स्वाभिमान यूवाहरुले उच्च आत्मबलकासाथ कुनै पनि काम थाले सफलता निश्चित रहेकोले जीवनको महत्वपूर्ण समय खेर फाल्नु भन्दा संयमित अगाडि बढे सफलता निश्चित रहेको उहाँहरुको सुझाव छ ।

सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा दैनिकजसो हज्जारौं रुपैयाँको सयपत्री फूल खपत हुने गर्दछ । यस अतिरिक्त विवाह, व्रतबन्ध, जन्मदिन, वैवाहिक वर्षगाँठ लगायत विभिन्न समारोहहरुमा सयपत्री फूलको माला सजावटकालागि प्रयोग गरिने अनिवार्यता रहेको छ ।
–स्रोतः न्युज टुडे

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..