» » प्राप्त उपलब्धीलाई संस्थागत गर्न पञ्जामा मतदानः मुख्यमन्त्री राउत

रौतहट, मङ्सिर १० गते । मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनको उपलब्धि रक्षाको लागी पञ्जा छापमा मतदान गर्न आह्वान गर्नु भएको छ ।

रौतहट्को गढीमाई नपा २ समनपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले बिगतको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको लागी पन्जा छापमा मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले मधेसी, मुश्लिम, दलित, महिलाको हक अधिकार को लागी प्रदेश सरकारले गरेको सबैमा छर्लङ रहेको उल्लेख गर्नु हुँदै पन्जा छापमा मतदान गरि सङ्घियतालाई बलियो बनाउन आग्रह समेत गर्नुभयो ।

उक्त चुनावीसभालाई कृषिराज्यमन्त्री योगेन्द्र राय यादव, राष्ट्रियसभा सदस्य रामपृत पासवान, प्रदेशसभा सदस्य फुलबाबु, राम किशोर यादवसहित वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..