» » उपेन्द्र यादवले भन्नुभयो, राजपा नेपालका छजना अध्यक्षका कारण एकीकरणमा ढिलाई भएको हो’

काठमाडौं मंसिर १३ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीमा रहका छजना अध्यक्षका कारण एकीकरणमा ढिलाई भएको बताउनु भएको छ ।

एकीकरणका लागि राजपा नेपालका छजना अध्यक्षकै बीचमा कुरा मिलेको छैन, उहाँले भन्नुभयो,  ‘राजपा नेपालमा छजना अध्यक्ष हुनुहुन्छ, दुई चारजना एकीकरणका लागि लागिपर्नु भएको छ भने केही एकीकरण नहोस् भनि अभियानमा लाग्नु भएको छ ।’


उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनु भएका अध्यक्ष यादवले आज आफ्नै मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै राजपा नेपालले सरकार छाडेपछि मात्र एकीकरण हुने शर्तको कुनै तुक नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो,  ‘एकीकरणका लागि सत्ता मुख्य कुरा होइन, मैले पहिला नै स्पष्ट पारिसकेको थिएकि पहिला एकीकरण गरौं, त्यसपछि सरकारलाई के गर्ने नगर्ने, सरकारबाट हट्ने कि सरकारमा पार्टीबाट मन्त्री हेरफेर गर्ने त्यसको बारेमा पछि निर्णय गर्ने तर उहाँहरु सरकार छाड्ने शर्त बनाएर बस्नु भएको छ त्यसको तुक छैन ।’


समाजवादी पार्टीमात्र होइन, राजपा नेपाल समेत सरकारमा रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘राजपा नेपाल पनि सरकारमा रहेको छ, प्रदेश २ को सरकारमा सहभागी रहनु भएको स्थानीय सरकारमा पनि सहभागी रहेको छ । त्यसैले सरकारको शर्त बनाउन हुँदैन ।’


उहाँले पहिला पार्टीभित्र कुरा मिलाएर मात्र एकीकरणका लागि अगाडि बढ्न पनि सुझाव दिनुभयो ।  उहाँले एकीकरणको कुरा खासै अगाडि बढेको छैन, दुवै पार्टीका नेताहरु उपचुनावमा लागेका कारण कुराकानी र छलफल नभएको बताउनुभयो ।


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..