» » पशुपति विकास कोषलाई विद्युतीय गाडी प्रदान

काठमाडौं मंसिर ११ गते । भारतीय दूतावास अन्तरर्गत रहेको भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई उच्च–गुणस्तरको लिथियम आयन ब्याट्रीजडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभएको छ ।

यी वातावरण मैत्री सवारी साधनको उत्पादन भारतीय कम्पनी गयाम मोटर वकर््सले गरेको छ । अध्यक्ष पुरीले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र विशेष गरी महिला, बालबालिका, वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरुका लागि यी वातावरण मैत्री सवारीसाधन उपयोगी हुने दावी गर्नुभएको छ ।

यी सवारीसाधनले दुई महिलाको लागि रोजगारीको अवसर पनि प्रदान गर्नेछ । भारत र नेपालका जनताबीच रहेको साँस्कृतिक तथा धार्मिक सम्बन्धलाई सुदृढ गर्नुका साथै दुई देशका जनतालाई अझ नजिक ल्याउन विद्युतीय सवारीसाधनको हस्तान्तरण अर्को कोषेढुङ्गा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भारतीय महिला संघ भारतीय महिलाहरुको एक सङ्गठन हो । जसले नेपालमा रहेका भारतीय महिलाहरुलाई एउटै मञ्चमा ल्याउने काम गर्दछ । यस संघले भारतीय र नेपाली महिलाबीच अन्तरक्रियाका लागि मञ्च प्रदान गर्नुका साथै भारतीय तथा नेपाली समुदायबीच सद्भाव र मित्रतालाई प्रवर्धन गर्ने काम गर्दछ ।

भारतीय महिला संघले नेपालमा महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न परोपकारी क्रियाकलापहरु पनि गर्दै आएको छ । हालै यस संघले काठमाडौंको नव ईन्द्र धनुष अंग्रेजी आवासीय विद्यालय, कोसेली फाउन्डेसन, बाल सारथी, नेपाली स्नेही काख र भक्तपुर क्यान्सर अस्पतालसँग मिलेर परोपकारी कार्यक्रमहरु सञ्चालन गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..