» » राजकिशोर यादवले भन्नुभयो, उपेन्द्र यादवमा जुन प्रकारको सत्तामोह छ त्यो अहिले अभिव्यक्त भइरहेको छ,

काठमाडौं मंसिर १० गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलकाव सदस्य राजकिशोर यादवले समाजवादी पार्टीले सरकार छाडेपछि मात्र सरकारमा जाने पार्टी राजपा नेपाल नरहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, राजपा बैचारिक रुपमा स्पष्ट छ र हामी आफ्नो आवश्यकताका आधरामा सरकारसँगको सम्बन्ध अघि बढ्छौं । समाजवादीले छाडोस र सरकारमा जाउँला भनेर मौका कुरेर बसेको शक्ति राजपा होइन । हामी त सरकारमा जान चाहेको खण्डमा उनीहरु सरकारमा भएकै बेला पनि जान सक्छौं । प्रधानमन्त्रीले त आऊ भनिरहनुभएकै छ ।’

एक अनलाइनसँग कुरा गर्दै उहाँले प्रदेश २ मा राजपाले अहिलेसम्म समाजवादीसँगको गठबन्धन तोडेर कम्युनिस्टसँग बनाउने नसोचेको प्रष्ट पार्दै भन्नुयभो, यदि त्यो हो भने पनि २ नम्बरको सरकारले जनताको आवश्यकतालाई सम्बोधन गर्न सकेन भने त्यतिबेला अर्को समीकरण हुन सक्छ ।’

समाजवादी पार्टीले हिजो बडो क्रान्तिकारी भएर जसरी भ्रम छरेको थियो त्यो उदांगिदै गएपछि फेस सेभको बाटो खोजेको आरोप लगाउँदै उहाँले त्यो पार्टीले राजपा नेपाललाई देखाएर कार्यकर्तालाई थामथुम पार्न खोजेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो,  कुनै नेतृत्व वैचारिक रुपले च्यूत हुन्छ अनि त्यसमा व्यक्तिगत लोभलालच हाबी हुन्छ । अहिले समाजवादी पार्टीमा जुन प्रकारको बहस भइरहेको छ, त्यो वैचारिक भन्दा पनि व्यक्तिगत लाभहानीको आधारमा भइरहेको मैले पाएको छु ।’

समाजवादी पार्टी सरकारमा रहने कि नरहने भन्ने निर्णय त उनीहरुले नै गर्ने हो । कि त प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्‍यो । तर, राजपा सरकारमा आउछ, त्यसैले हामी सत्ता नछाडौं भन्नु चाहिँ मानसिक दरिद्रताको परिचायक रहेको टिप्प्णी उहाँले गर्नुभयो ।

 राजपाले चाहेको भए उनीहरु सरकारमा हुनु नहुनको मतलबै थिएन । किनभने, प्रधानमन्त्रीज्यूले बारम्बार सरकारमा आउनुस, सँगै काम गरौं र समस्यालाई समाधान गरौं भन्नुभएकै उहाँले खुलासा गर्नुभयो ।


उहाँले समाजवादी पार्टी वैचारिक रुपले कमजोर र स्खलित भइसकेको पनि टिप्प्णी गर्नुभयो । वैचारिक रुपमले कमजोर र स्खलित भइसकेपछि त्रास, शंका उपशंकाको खेती गर्छन् भन्दै उहाँले उहाँहरुको मनमा जुन प्रकारको सत्तामोह छ त्यो अहिले अभिव्यक्त भइरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, राजपा बैचारिक रुपमा स्पष्ट छ र हामी आफ्नो आवश्यकताका आधरामा सरकारसँगको सम्बन्ध अघि बढ्छौं ।’  समाजवादी पार्टीले हिजो बडो क्रान्तिकारी भएर जसरी भ्रम छरेको थियो त्यो उदांगिदै गएपछि फेस सेभको बाटो खोज्दैछ। उनीहरु राजपालाई देखाएर कार्यकर्तालाई थामथुम पार्न खोजेको पनि आरोप लगाउनुभयो ।

कानुन मन्त्रालय लिएर संविधान सशोधन गर्ने भन्नु भनेको मधेशमा आफ्ना कार्यकर्तालाई छल्नका लागि मात्रै गरेको प्रपञ्चमात्र भएको बताउँदै उहाँले संविधान संशोधनका लागि जबसम्म राजनीतिक रुपमा नेकपा तयार हुँदैन वा सरकार तयार हुँदैन तबसम्म मधेशका मसिहा भनेर कुनै अमूक मन्त्रालयमा जाँदैमा केही फरक नपर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओलीजी, नेपाल कम्युनिस्ट पार्टी र संसदले हामीजस्ता सरोकारवालाहरुलाई पनि लिएर जानुभयो भने त्यो सम्भव छ ।’

अहिले हेर्दा संविधान संशोधनको कुनै गम्भीर प्रयास होलाजस्तो नलागेको बताउँदै उहाँले सविधान संशोधभन उपेन्द्र यादवले गरेर हुने पनि होइन भन्दै उहाँले उपेन्द्र यादवले यसो भनेर सत्तामा बस्ने बहाना मात्र बनाएको आरोप लगाउनुभयो ।

राजपा र समाजवादी पार्टी बीच एकीकरणको सन्दर्भमा जसरी बाहिर हल्ला पिटाइयो, त्यस्तो नरहेको बताउँदै उहाँले थिएन । यो एकीकरणका लागि चलाइएको हल्ला हुँदै होइन, राजपालाई कमजोर बनाउन गरेको प्रयास मात्र रहेको बताउँदै उहाँले समाजवादी र राजपाबीच धेरै कुरामा स्पष्टता नै नभई एकताको हल्ला चलाइनुको औचित्य थिएन, अहिलेलाई एक प्रकारले एकीकरणको च्याप्टर क्लोज भएको स्पष्ट पार्नुयभो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..