» » समाजवादी पार्टीसँग तत्कालै एकता हुँदैन–महतो

सिरहा मंसिर ९ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्कालै एकता हुने बताउनु भएको छ ।

समाजवादी पार्टीसँग राजपाको पहिलो शर्त सरकारबाट बहिर्गमन थियो, तर सो पार्टीले सरकार नछाडेपछि अब तत्कालै एकीकरण हुने उहाँले बताउँनु भयो । पत्रकारसँग कुरा गर्दै उहाँले राजपा नेपाल एकताका लागि निकै प्रयास गरेको तर समाजवादी पार्टी वेवास्ता गरेको गुनासो गर्दै यद्यपी राजपा नेपाल अझै पनि एकताका लागि प्रयास गर्ने बताउनुभयो ।

देशमा लोकतान्त्रिक वैकल्पिक शक्तिको आवश्यकता छ त्यसका लागि समाजवादी पार्टी लगायतका दलहसँग एकीकरण हुनु आवश्यक छ, उहाँले भन्नुभयो, संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न सक्दैन ।’

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाका लागि जनमतसङ्ग्रहको रूपमा आफ्नो पार्टीले लिएको उहाँको भनाइ छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..