» » बलात्कारको आरोपमा डा.झा पक्राउ

काठमाडौं मंसिर ९ गते । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी एक युवतीलाई झाले बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको कारण उहाँ पक्राउ परेको महानगरीय प्रहरी परिसरका ललितपुरका एसएसपी टेकप्रसाद राईले बताउनुभयो ।

इमरजेन्सी विभागमा कार्यरत झा आज साँझ पक्राउ पर्नुभएको छ ।


उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा। झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिनुभएको थियो । डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने बताइएको छ ।

डा.झा रतीष झाका छोरा हुनुहुन्छ । भ्रष्टाचारी मुद्दामा मुछिएका राजनारायण पाठकका सम्धी रतीष झा आयुर्वेद क्याम्पसबाट आवकास प्राप्त गर्नुभएको छ ।

 मधेशमा परीक्षा सञ्चालन गर्न अप्ठ्यारो हुँदा रतिश झाले आफूले मधेशलाई ठिक पारि दिने भन्दै मागेर प्रायः सिरहा र धनुषा जानुहुन्थ्यो । उहाँ जहाँ जहाँ जानु हुन्थ्यो । त्यहाँ थुप्रै विद्यार्थी एक्सपेल्ड हुन्थे । ०६५–०६६ तिर सिरहा क्याम्पसमा पुरै विद्यार्थीलाई एक्सपेल्ड गर्दा उहाँको निकै अलोचना भएको थियो ।  

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..