» » सरकार छाड्ने विषयमा समाजवादीले गर्यो यस्तो निर्णय

काठमाडौं कात्तिक ३० । समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज सकिएको छ ।
बैठकमा भएको छलफल बारे भोली बस्ने पदाधिकारी बैठकले निर्णय सार्वजनिक गर्ने बताइएको छ । केन्द्रीय समितिमा उठेको प्रश्नको जवाफ पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले दिएपछि बैठक सकिएको हो ।

सरकार छाड्ने नछाड्ने तथा राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरणको विषयमा भोली बस्ने पदाधिकारी बैठकले निर्णय गर्ने बताइएको छ । राजपा नेपालसँग एकीकरणको अवस्था हेरेर सरकार कसरी छाड्ने लगायतका विषयमा पदाधिकारी बैठकले तय गर्नेछ ।

पार्टीको केन्द्रीय समितिको बैठकमा सरकार छाड्ने नछाड्ने विषयमा नेताहरुले मिश्रित प्रतिकृया दिएका छन् । खासगरि तत्कालिन नयाँ शक्तिका नेताहरुले सरकार छाड्नुपर्ने विषयमा विशेष जोड दिएका छन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..