» » कहीँ पे निगाहे, कहीँ पे निशाना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पुनः खटपट शुरु भएको छ । केही दिनदेखि एक अर्कालाई खुल्याउने कुनै कसर बाँकी राख्नुभएको छैन ।

प्रधानमन्त्री समेत रहनु भएका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देशका प्रमुख ठूला पत्रिकालाई अन्तरवार्ता दिएर अध्यक्ष प्रचण्डको पोल खोल्नु भएको छ भने अध्यक्ष प्रचण्डले पनि विभिन्न औपचारिक कार्यक्रममार्फत सांकेतिक रुपमा प्रधानमन्त्री ओलीप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ ।


 तर दुवैजना नेता भन्नुहुन्छ, ‘हामीबीच कुनै विवाद छैन, कुनै दुरी बढेको छैन ।’ 


उहाँहरुले बाहिर रुपमा जेजस्तो भनेपनि भित्रि रुपमा विवादले जडो गाडी सकेको छ, जुन कुनै दिन एउटा भयकंर रुप लिँदैन भनि भन्न सकिदैन । दुईजना अध्यक्षको बीचमा मुख्य चारवटा कारणले दुरी बढेको नेकपाका नेताहरु बताउँनुहुन्छ । पहिलो कुरा त कृष्णबहादुर महरालाई सरकारबाट भएको व्यवहार हो ।

प्रधानमन्त्री केपी शर्मा ओली चाहेको भए महरालाई बचाउन सकिन्थ्यो । तर प्रधानमन्त्री ओलीले पार्टीबाट हतार हतारमा निर्णय गराएर महरालाई राजिनामा दिन लगाउनु भएर प्रहरीलाई समात्न लगाउनु भएको प्रचण्ड पक्षको बुझाई छ ।


महरा प्रकारण भएको दुई दिनपछि अर्थात आसोज १४ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री अ‍ोलीले निर्णय गर्न लगाउँदा सचिवालयका अधिकाँश नेताहरुले असहमति जनाउनु भएको थियो । हतार नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो । तर, प्रधानमन्त्री ओलीले जवर्जस्ती निर्णय गराउनु भएको थियो । यस विषयमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुनै प्रकारको सल्लाह नगरिकन महरामाथी एक्सन लिनुभएको थियो । त्यसले गर्दा अध्यक्ष प्रचण्ड ओलीप्रति नाखुश हुनुहुन्छ ।


सत्तापक्षका शक्तिशाली नेता यसरी कानुनी फन्दा फँसेको सायद नेपालको यो पहिलो घटना हो । बाहिर देशमा पनि हतपत यस्तो हुँदैन । पार्टीमा प्रचण्डलाई कमजोर गर्नका लागि तत्कालिन एमालेको यो ठूलो षड्यन्त्र रहेको तत्कालिन माओवादीका नेताहरुको बुझाई रहेको छ । महरा प्रचण्डको दाहिने हात हुनुको साथै सबभन्दा विश्वासपात्र हुनुहुन्थ्यो । दाहिने हात नै काटिएपछि प्रचण्ड स्वतः कमजोर हुने बुझेर नै यो षड्यन्त्र भएको तत्कालिन माओवादीका नेताहरुको दावी रहेको छ ।


महराले सभामुख पदबाट राजिनामा दिएपछि सो ठाउँमा आफ्नो विश्वास पात्र ल्याउन प्रचण्डले चाहनु भएको छ । महरा जस्तै विश्वासपात्र प्रचण्डले ल्याउन खोजेको थाह पाएर प्रधानमन्त्री अ‍ोली झन चिढिनु भएको छ । कानुन निर्माणदेखि अन्य विषयमा महराबाट आफूलाई सहयोग नभएको भन्दै प्रधानमन्त्री अ‍ोली शुरुदेखि क्रुद्ध हुनुहुन्थ्यो ।



सभामुखबाट महरा हटेपछि त्यो ठाउँमा ओलीले आफ्नो व्यक्ति राख्न खोजेपछि प्रचण्डले पूर्व सहमति उल्लघंन भएको भन्दै आपत्ति जनाउँदै आउनुभएको छ । महरा तत्कालिन माओवादी पार्टीबाट सभामुख बन्नुभएको थियो, उहाँ सो पदबाट राजिनामा दिएपछि पुनः सो पदमा सोही दलबाट राख्ने प्रचण्डको तयारी रहेको छ । सभामुख एउटा दलको भए अर्को दलको उपसभामुख हुने प्रावधानको कारण तत्कालिन एमालेबाट उपाध्यक्ष बन्नुभएको शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिलाएपछि सो पार्टीबाट उपसभामुख गुम्ने खतरा देखिएको छ ।


त्यही कुरा थाह पाएर प्रधानमन्त्री अ‍ोलीले सभामुख आफ्नो अनुकुल बनाउन खोज्दा प्रचण्ड नाखुश हुनुभएको छ । त्यस्तै, प्रधानमन्त्री अ‍ोली सिगांपुर उपचार गराउन जाँदा पार्टीको अध्यक्ष प्रचण्ड हुने र सरकारको नेतृत्व आफूले गर्ने सहमति गर्नुभएको थियो । सिगांपुर हुँदासम्म त्यो सहमति कायम रह्यो तर फर्किने वित्तिकै त्यो सहमति भंग भयो ।


त्यो कुराले पनि प्रचण्डले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । पार्टीमा आफ्नो भूमिका के ? न सरकार चलाउन पाएको  न पार्टी नै चलाउन पाएको भन्दै प्रचण्डले आफ्नो भूमिका खोजी रहनु भएको छ । पार्टी एकीकरण हुँदाबखत भएको सहमति अनुसार एकजनाले पार्टी सञ्चालन गर्ने र अर्कोले सरकार सञ्चालन गर्ने थियो तर ओलीले सो सहमति कार्यान्वयन गर्न आनाकानी गरिरहनु भएको छ ।


त्यसले गर्दा दुवैजनाको बीचमा आन्तरिक दुरी बढेको हो । प्रधानमन्त्री अ‍ोलीले मन्त्रीलाई हटाउन हातार गर्नुभएको छ । मन्त्री हटाउने लिस्टमा विना मगरको पनि नाम रहेको छ । विना मगर प्रचण्डका बुहारी हुनुहुन्छ । विना मगरलाई हटाउन प्रचण्ड राजी भएपनि उहाँका श्रीमती सीता दाहाल राजी हुनुभएको छैन ।


छोरा प्रकाश दाहाल बित्नु भएको छ । छोराको वियोगमा रहनु भएका सीता दाहालले छोराको खुशी बुहारी विना मगरको अनुहारमा हेरेको भन्दै उहाँलाई मन्त्री पदबाट नहटाउन प्रचण्डलाई भन्नुभएको छ । यस अवस्थामा प्रचण्डले आफ्नो श्रीमतीको कुरा काट्ने पक्षमा हुनुहुन्न ।
\

 विरामी अवस्थामा रहनु भएको सीता दाहालको हरेक एक चाहना पुरा गर्दै आउनु भएको छ । विना मगरलाई मन्त्रीबाट नहटाउन सीता दाहालको चाहना पनि उहाँले पुरा गर्नुहुनेछ तर त्यसको रोकावट प्रधानमन्त्री ओली बन्नुभएको छ । विना मगरकै कारण मन्त्री हटाउने भाका टर्दै गइरहेको छ ।


अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको समयमा भएका सहमतिहरुलाई कार्यान्वयन गरेर मात्र मन्त्री हेरफेर गर्न मिल्ने भनिरहनु भएको छ । तर प्रधानमन्त्री ओलीले त्यो मान्न तयार देखिनु भएको छैन । आफू प्रधानमन्त्री भएको नाताले मन्त्रीपरिषद्मा कस्ता कस्ता मन्त्री राख्ने, कसलाई राख्न कसलाई नराख्ने आफ्नो अधिकार भएकाले त्यसमा हस्ताक्षेप नगर्न अध्यक्ष प्रचण्डलाई भन्नुभएको छ ।


 तर प्रधानमन्त्री ओलीले चाहेर पनि मन्त्री हेरफेर गर्न पाउने छैनन् । यसका लागि प्रचण्डले स्वीकृति दिनैपर्छ । प्रचण्डले पनि त्यति सजिलो तरिकाले सहमति देला जस्तो देखिदैन । कही नकही कुनै विषयमा प्रधानमन्त्री अ‍ोलीले सहमति गर्नैपर्छ । प्रचण्ड र ओलीबीच केही लेनदेन नभए त्यति सजिलो तरिकाले मन्त्री हेरफेर गर्न पाइदैन ।


तिहारपछि मन्त्री हेरफेर गर्ने कुरा थियो । यो समाचार तयार पार्दासम्म मन्त्री हेरफेर भएको छैन । तिहारमा मन्त्री हेरफेर नभए मंसिर १४ गते हुने उपनिर्वाचनपछि मात्र यो विषयमा कुनै निर्णय लिने स्रोतले जनाएको छ । त्यतिबेलासम्म राजनीतिले कुनै एउटा अर्को कोर्स लिइसकेको हुनुसक्छ । चुनावको परिणामले पनि मन्त्री परिवर्तन गर्ने विषयलाई असर गर्न सक्

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..