» » सांसद साहलाई चार दिन हिरासतमा राख्ने अनुमति


काठमाडौँ असोज २९ गते । जिल्ला अदालत धनुषाले प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।


प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो ।

प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिनुभयो ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

अदालत परिसर बाहिर छोटो प्रतिक्रिया दिँदै सांसद साहले यस घटनाबारे जनताले मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

यता, राजपा नेपालले भने सांसद साहको रिहाइको माग गर्दै जनकपुरमा र वीरगञ्जमा प्रदर्शन गरेको छ । जनकपुरमा चक्काजाम गर्नुका साथै बुद्ध एयरको काउन्टरमा पार्टीका देश नम्बर–२ का संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह, जनकपुरधाम उपमहानगर पालिकाका उपमेयर रिता झा, पूर्व सांसद दिनेश साह लगायतकाहरु तालाबन्दी गर्न बुद्ध एयरको टिकट बिक्री कक्ष कार्यालयको मूल गेटमा बसेर धर्ना समेत दिनुभएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..