» » सांसद साहको रिहाका लागि राजपाले चरणवद्ध आन्दोलन गर्ने

काठमाडौं असोज २८ गते । सांसद प्रमोद साहको रिहा माग गर्दै राष्ट्रिय जनता पार्टी, नेपालले चरणबद्ध आन्दोलन घोषणा गर्ने भएको छ ।

जनकपुर एयरपोर्टको बुद्ध एयरको काउन्टर तोडफोड र कर्मचारीलाई दुरव्यवहार गरेको आरोपमा सांसद साहलाई आज पक्राउ गरेको छ ।

राजपा नेपालले आज ठाउँ ठाउँमा रिहाको माग गर्दै प्रदर्शन गरेको छ । आजको यो दवावले सांसद साहलाई रिहा नगरे भोलीदेखि चरणवद्ध आन्दोलनको घोषणा हुने राजपा नेपालका विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्राले बताउनुभयो ।

उहाँले जिल्ला जिल्लामा यस विषयमा छलफल चलिरहेको छ । चक्का जामदेखि लिएर हडतालसम्मको कार्यक्रमको तयारी भइरहेको र जनकपुरस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी पनि गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सांसद साहले जनताको चाहना अनुसार एयरपोर्टमा कुरा उठाउनु भएको हो तर सरकारले उल्टै कार्यवाही गरेको अध्यक्ष मिश्रले बताउनुभयो । जनताको हितमा बोल्नेलाई कारवाही गर्ने सरकारको विरुद्धमा पनि मधेशी जनता आन्दोलन गर्न तयार भएको उहाँले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..