वीरगंज, असोज १५ गते । वीरगंजको घण्टाघर नजिक रहेको शहिद उद्यान पार्कमा आजदेखि सुरु भएको रमाईलो मेला २०७६ को उद्घाटन प्रतिनिधिसभा सदस्य प्रदिप यादवले गर्नुभएको छ ।
वडा दशैंको उपलक्ष्यमा आस्था नेपालले आयोजना गरेको मेलाको उदघाटन एक कार्यक्रमका बीच सांसद यादवले रिबन काटेर परेवा उडाई गर्नुभएको छ ।
मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दशैंको अवसरमा आयोजित मेला भव्य र सभ्य बनाउ सम्बन्धित सबैमा अपिल गर्नुभयो । मन्तव्य मार्फत दशैंको सुभकामना व्यक्त गर्दै सांसद यादवले दशैंको उपलक्ष्यमा आयोजित मेला वीरगंजको पर्यटन प्रबद्र्धन पनि भुमिका खेल्ने भएकोले सभ्यताको परिचय दिनु पर्ने आग्रह गर्नुभयो ।
प्रत्येक वर्ष दशैंको अवसरमा आयोजना हुने मेलामा सिमावर्ती भारतबाट र वीरगंज आसपासकै मात्र सहभागिता हुने गरेको बताउदै सांसद यादवले अझै यसको सहभागि बढाउनु पर्नेमा जोड दिनुभयो ।
मेला समितिका अध्यक्ष कुन्दन सिंहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, नेता सुन्दर कुर्मी, वीरगंज महानगर अध्यक्ष इशवर यादव, स्वकिय सचिव निखिल बर्णवाल,विधार्थी युनियन का सचिव सुजित गिरी आस्था नेपालका अध्यक्ष गरौव बर्मा लगायतकाको उपस्थिती रहेको थियो ।
असोज २५ गतेसम्म लाग्ने मेलामा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगिति प्रस्तुती पनि रह्ने साथै मनोरंजनातमक झुला व्यापारी र खाद्यान्न स्टलहरु मुख्य आकर्षक रहेको आयोजकले जनाएको छ ।

No comments: