» » प्रादेशिक औद्योगिक व्यपार मेला २०७६ हुँदै


उर्मिला यादव
नवलपरासी, कात्तिक १ गते । कृषि पर्यटन उद्योग र  व्यपार राष्ट« निमार्णको बलियो आधार भन्ने मुल नाराका साथ यहि मंसिर ५ गते देखि सुनवलमा प्रादेशिक औद्योगिक व्यपार मेला २०७६ हुने भएको छ ।
उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा सुनवल नगरपालिकाको सोमनाथ बजारको परिसरमा यहि मंसिर ५ गते देखि १५ गतेसम्म मेला आयोजना हुन लागेको हो ।

उद्योग बाणिज्य संघ सुनवलले हिजो सुनवल १ सोमनाथमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरुलार्इ वजारीकरण गरी प्रवद्र्धन गर्नका लागि प्रथम प्रादेशिक औद्योगिक व्यपार मेला २०७६ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिनु भएको छ ।

विभिन्न उद्योगहरुले ग्राहकहरुलार्इ  आकर्षित गराउन नयाँ उत्पादन गरेका तथा पुरानै उत्पादनलार्इ अत्याधुनिक प्रविधि अपनाएर परिमार्जित गरी ती वस्तुहरु बजारमा पुरयाउने भएकाले खुला बजार तथा संचारको सर्व सुलभताले गर्दा वर्षेनी हजारौ उत्पादनहरु बजारमा भित्रिएको परिपेक्ष्यमा उत्पादक तथा आम ग्राहक बर्गको चाहना अनुरुप  नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका बस्तु तथा सेवालाई एउटै छाना मुनि अवलोकन गराउने उदेश्यले बिभिन्न निकायको सहकार्यमा उद्योग बाणिज्य संघ सुनवलले  प्रादेशिक औद्योगिक ब्यापार मेला २०७६ गर्न लागेको हो ।

लगातार ११ दिनसम्म संचालन हुने यस ब्यापार मेलाको मुख्य बिशेषता  नेपाल लगायत छिमेकी राष्टहरुको लगानीकर्ता, उत्पादक, वितरक निर्यात कर्तालाइै एउटै मंचमा भेटघाट,  भेला गराइ सर सामाग्रीहरुको प्रत्यक्ष अवलोकन  तथा जानकारी उपलब्ध गराउनु रहेको उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारीले जानकारी दिनु भएको छ ।

उहाँले मेलामा उत्पादक तथा उपभोक्ता बीच सुमधुर सम्बन्ध स्थापना हुने उदेश्यले मेला आयोजना गर्न  लागिएको समेत जानकारी दिनु भएको छ ।

प्रादेशिक औद्योगिक ब्यापार मेलामा नेपालका घरेलु , साना, मझौला  तथा ठुला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी जिल्ल्लाका खनिजजन्य , कृषिजन्य , र अन्य  उत्पादनहरु समेत गरी करिब दुर्इसय स्टल रहने संघका अध्यक्ष कर्मचार्यले जानकारी दिनु भएको छ भने मेलामा एक लाख दर्शकले  अवलोकन गर्ने अपेक्षा गरीएको समेत बताउनु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कर्मचार्यले ब्यापार मेलामा करिब एक करोड भन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको समेत जानकारी दिनु भएको छ ।

ब्यापार मेलालाइ चार भागमा बिभाजन गरीएको छ जस अन्र्तगत प्रदेशनी  तथा बिक्री कक्ष , सांस्कृतिक तथा सांगीतिक क्षेत्र , बाल उद्यान तथा मनोरन्जन क्षेत्र र खानपान  क्षेत्र रहेका छन । प्रर्दशनी कक्षमा अलग अलग परिसर बनाइ अटोमोवाइल्स , बाइक तथा बित्तिय संस्था , मोवाइल इलेक्टोनिक्स  तथा आइटी निमार्ण सामग्री , अन्तराष्टिय कृषि तथा जडीबुटी तथा पर्यटन सम्बन्धी दैनिक उपयोग्य बस्तुहरु हस्तकला तथा तयारी पोसाक तथा जुत्ता चप्पल, प्रर्दशनीमा रहने जनाइएको छ ।

यस्तै गरी मेलामा बंगलादेश , पाकिस्तान , र भारतका प्रर्दशकहरुको समेत सहभागिता रहने उद्योग बाणिज्य संघ सुनवलले जनाएको छ ।

 मेलामा बिशिष्ठ खालका स्टलहरुले सजाइने , मेलामा कलाकृति युक्त , मुल प्रबेशद्धारको समेत निमार्ण गरीने अध्यक्ष कर्मचायले जानकारी दिनु भएको छ । मेलामा सांस्कृतिक कार्यक्रम अन्र्तगत टयालेन्ट शो संचालन गरीने छ भने राष्टिय तथा प्रादेशिक कलाकारहरुको प्रस्तुति, बिद्यालय तथा कलाकेन्द्रको बिबिध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

ब्यापार मेलामा मिडिया सेन्टर , कन्फरेन्स हल , फ्रि वाइफाइ जोन , प्राथमिक उपचार , शौचालय , खानेपानी तथा पार्किंगको ब्यवस्था समेत रहने जनाइएको छ । पत्रकार सम्मेलनमा बोल्दै उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष कर्मचार्यले बोल्दै मेलामा प्रचार प्रसारका लागी राष्टिय , स्थानिय तथा सोसियल मिडियामा प्रचार प्रसार , माइकिंग, लिफलेट, क्रस तथा पोल वेनर , होडिंग बोर्ड, र स्वागत द्धारको समेत निमार्ण गरीने जानकारी दिनु भएको छ ।

त्यसैगरी उहाले सुरक्षाको लागी मेलाम स्थलमा सिसीटिभीबाट २४ घण्टा सुरक्षाको ब्यवस्था , सरकारी सुरक्षाकर्मीको समन्वयमा निजी सुरक्षा कर्मीबाट सुरक्षा ब्यवस्था गरीनुका साथै प्रत्येक स्टलका लागी बिमा , अग्नी नियन्त्रण यन्त्र राखिनुका  साथै एम्बुलेन्सको समेत ब्यवस्था गरीने जानकारी दिनु भएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा , उद्योग बाणिज्यका उपाध्यक्ष लेखनाथ खरेल , लगायतले आफनो धारणा राख्नु भएको थियो भने उद्योग बाणिज्य संघ सुनवलका महासचिव तेज प्रसाद भण्डारीले कार्यक्रम संचालन गर्नू भएको थियो ।

उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रममा स्थानिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..