» » जागरण अभियान सम्पन्न

उर्मिला यादव
नवलपरासी, असोज २८ गते । एम्नेष्टी नेपाल गु्रप थटटिवन पश्चिम नवलपरासीले जलवायु परिर्वतन सम्बन्धि जागरण अभियान कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

एम्नेष्टी नेपाल गु्रप थटटिवन पश्चिम नवलपरासीका संयोजक हुसेन अन्सारीको संयोजकत्वमा सयपत्री उच्च  मावि परासीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सयपत्री उच्च माबि परासी कक्षा  आठ, नौ र दशमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिर्वतनको कारण, यसको तत्व, र यसबाट हुने हानी नोक्सानी  र यसको नियन्त्रणका विषयमा एम्नेष्टी नेपाल गु्रप थटटिवन पश्चिम नवलपरासीका निवर्तमान अध्यक्ष तथा जलवायु अभियन्ता बिजय कुमार जैसवालले प्रशिक्षण दिनु भएको थियो ।

उहाले जलबायु परिर्वतनले मानव जगतमा हुन जाने क्षतिहरुको बारेमा पनि जानकारी गराउनु भएको थियो भने यो अभियान निरन्तर जारी रहने समेत बताउनु भएको छ ।

 कार्यक्रममा बिद्यालयका बिद्यार्थी , शिक्षक , एम्नेष्टी नेपाल गु्रप थटटिवन परासीका संयोजक हुसेन अन्सारी, उपसंयोजक सुरज यादव, निबर्तमान अध्यक्ष तथा जलवायु अभियन्ता बिजयकुमार जैसवाल लगायतको सहभागिता रहेको थियो ।





About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..