![]() |
प्रदेश २ प्रदेश सांसद डा.रिना यादव |
नागरिक उड्डयन प्राधिकरणले प्रमोद साहसँग मात्र होइन अन्य मधेशी नेता, सांसद, मन्त्री, सर्वसाधारणसँग यस्तै व्यवहार गर्दै आएको थियो । एयरपोर्टमा जाँदा अरुसँग गर्ने व्यवहार र मधेसीसँग गर्ने व्यवहारमा फरक देखिन्छ ।
अन्तरराष्ट्रिय विमानस्थल होस् वा डोमेस्टिक विमानस्थल होस् त्यहाँ मधेशीलाई गर्ने व्यवहारमा फरक देखिएको अनुभव प्रदेश २ का राजपा नेपालका सांसद डा.रिना यादवसँग छ ।
मधेशीलाई देख्ने वित्तिकै शंको दृष्टिले हेर्ने र विभिन्न खालको केरकार गर्ने गरेको उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
असोज २४ गते आफ्नो छोरालाई भारतको लागि विदाई गर्न जाँदा अन्तरराष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले दुरव्यवहार गरेको घटना उहाँले सुनाउनु भयो ।
उहाँ प्रदेशका सांसद हुनुहुन्छ, छोरालाई विदाई गर्नका लागि जानका लागि भिआपी कार्ड माग्दा नागरिक उड्डय प्राधिकारणका कर्मचारीले छोरालाई विदाई गर्नका लागि माथी जान कार्ड चाहियो भने प्रदेश २ का प्रदेशसभा सभामुखबाट पत्र लेखाएर ल्याउन सांसद यादवलाई भन्नुभएको थियो । आफूसँग प्रदेशसभाको कार्ड छ भने किन चाहियो पत्र भनि प्रतिवाद गर्दा पनि त्यो कर्मचारीले नमानेको सांसद यादवले बताउनुभयो ।
फोनको भरमा, व्यक्तिगत चिनजानको आधारमा जो कोहीले कार्ड पाएर भिआइपी कक्षदेखि माथिसम्म गइरहेका हुन्छन् तर आफूलाई मधेशी देखेर त्यस्तो व्यवहार गरेको सांसद यादवले बताउनुभयो ।
![]() |
संघीय सांसद प्रमोद साह |
कर्मचारीले नमानेपछि सांसद यादव त्यहाँको प्रमुखलाई भेट्न जानु भएको थियो । प्रमुखलाई भेट्नै लाग्दा त्यतिबेलासम्म सांसदका छोरा माथि गएर सबै प्रकृया पुरा गरि जहाज चढेर हिडिसकेका थिए ।
कर्मचारीको व्यवहारका कारण सांसद यादवले आफ्नो छोरालाई विदाईसम्म गर्न पाउनुभएन । अन्तिममा एयरपोर्टका नागरिक उड्डयनका प्रमुखले सांसदसँग माफी माग्नुभएको थियो । तर त्यो माफी माग्नुको अर्थ रहेन ।
संघीय सांसद प्रमोद साहसँग पनि त्यस्तै व्यवहार भएको सांसद यादवले भन्नुभयो ।
सांसद साह जनताका लागि बोल्नु भएको हो, आफ्नो लागि होइन, तर नागरिक उड्डयन प्राधिकरणले माफी माग्नुको सट्टा उल्टै मुद्दा चलाएर समात्न लगाएको सांसद यादवले बताउनुभयो ।
एकजना विरामीको पीडा सहन नसकेर सांसद साह आक्रोशित भएको भन्दै प्रदेश सांसद यादवले राज्यले मधेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभए यस्ता घटनाहरु भइरहने र मधेशीहरु पीडित भइरहने उहाँले बताउनुभयो ।
No comments: