काठमाडौं असोज २६ गते । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा।बाबुराम भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङसँग नभेटाएको भन्दै टिप्पणी गरेका छन् ।
उनले आज ट्वीट गर्दै राष्ट्रपति सीलाई मधेस केन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्ने उनले जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस र तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ, भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्’ उनले भ्रमणको क्रममा सरकारले केही कुरामा ध्यान नपुर्याएको भन्दै टिप्प्णी गरेका छन् ।
नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति र समझदारी कार्यकारी प्रसंग हुनुपर्ने उनले टिप्पणी गरेका छन् ।
समाजवादीका अध्यक्ष भट्टराईलाई रात्रीभोजमा मात्र निमन्त्रणा गरेको थियो । नेकपा र काँग्रेसका अध्यक्षलाई मात्र राष्ट्रपति सीले भेटेका छन् । राष्ट्रिय दलमा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई समेत भेट्नुपर्ने उनको चाहना रहेको छ ।
रात्रीभोजमा राजपा नेपाल र समाजवादी पार्टीको नेताहरुको सहभागीता थियो तर सीसँग ती नेताहरुको भेटघाट भएन । नेकपाका सचिवालयका सदस्यहरुसँग राष्ट्रपति सीले छलफल गरेका थिए ।
No comments: