» » हत्यामा संलग्न एकजना पक्राउ

उर्मिला यादव

नवलपरासी, कार्तिक १ गते । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका ६ गुठी प्रसौनीमा भएको  हत्यामा संलग्न एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउपालिका ६ गुठी प्रसौनीका २१ बर्षिय संजय डोम रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

गत मंगलबार  सुस्ता गाउपालिका वडा नम्बर ५ बेलवानी बस्ने ३५ वर्षिय राजकुमार  बासफोरको शव नेपाली नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

बासफोरले प्रयोग गरेको युपी ५७ जेड ६१५२ को नम्बरको भारतिय मोटरसाईकल र मोबाईल घटना स्थलमा भेटिएका थियो भने मृतकको टाउकोमा गम्भिर चोट लागेको र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हुन सक्ने अनुमानले अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुको संग्लग्नतामा राजकुमार  बासफोरको हत्या गरीएको थियो ।

घटना संजय डोमले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ । घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..