» » दशैमा मितव्ययता (सम्पादकीय)

दशैं नेपालको महान चाड हो मात्र होइन, यो राष्ट्रिय पर्वको रुपमा स्थापित भइसकेको छ । यो पर्वलाई आआफ्नो सँस्कृति अनुसार देशैभरि मनाईन्छ । यो विशुद्ध कला सँस्कृतिसँग जोडिएको पर्व हो । तर, अब यो दशैं हुने खानेका लागि मात्र हुने भयो जस्तो लाग्न थालेको छ ।

यो पर्व कलासँस्कृति र रीतिरिवाज अनुसार मनाउनुपर्ने हो तर देखाउने, खाने प्रतिस्पर्धाको पर्व हुन गएको छ । यो पर्वमा कसले कति खर्च गर्छन्, कसले कति तडकभडक देखाउन सकिन्छ, त्यसको होडवाडी चलेको हुन्छ । हुने खानेहरुका लागि त ठिक्कै हो तर जो कम आयस्रोतका छन् उनीहरुका लागि यो दशैं नआइ दिए हुने जस्तो लाग्छ ।

 दशैंतिहार मध्य तथा निम्न वर्गको लागि होइन, जस्तो अवस्था सृजना भएको छ । दशैं प्रतिष्ठाको विषय बन्छन् कतिपयका लागि । चाडपर्वमा सकि नसकि खर्च गरेका हुन्छन् । दशैंमा खर्च गर्नकै लागि ऋण लिएका हुन्छन् र त्यो तिर्न नसकेर थाला परेका थुपै्र उदाहारणहरु छन् । 


त्यसैले भन्छन्, ‘घाँटी हेरि हाड निल्नु’ । हुनेखानेले दशैंमा लाउने खाने गरेको देखेर आफू पनि लाउनुपर्छ, खानुपर्छ सोच्नु गलत हो । पूजापाठ, मेलापात गरेर मनाउने दशैं घरमा बसेर खानपिन गर्ने र परिवारसँग मनाउनेमा सिमित भएको छ ।

खर्चको नाममा दशैं विकृतिको रुपमा विकसित हुँदैछ । दशैंमा शक्तिस्वरुपा भगवतीको पूजा आजा हुन्छ । तर अचेल यो पर्व पूजा आजा भन्दा फेसनमा समित हुन पुगेको छ । घरमा बसेर इष्टमित्र, आफन्तसँग खानपिन गरेर दशैं मनाउन चलन बढेको छ । टिकाको नाममा झन विकृति बढ्दैछ । पहिला पहिला दशैंमा टिका आशिर्वादको रुपमा लिइन्थ्यो अहिले व्यपार भएको छ । टिका लगाउनु भन्दा आम्दानी कति हुन्छ त्यसको हिसाब किताब हुन थालेको छ ।

त्यसैले दशैंमा खर्चमा मितव्ययता अपनाउनु पर्ने आवश्यक देखिन्छ । सरकारले पनि यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्ने देखिन्छ । अरु समान्य समय भन्दा दशैंमा ५० प्रतिशत भन्दा व्यपार हुन्छ । दशैंको बेला सर्वसाधारणले लताकपडा लगायतका समानहरु खरिद गर्दा बजारमा अरु समयको बेला दशैंमा बढी पैसा चलायमान हुन्छन् ।

एउटा तथ्यांकका अनुसार अघिपछिको भन्दा दशैं तिहारमा ५० प्रतिशत बढी व्यापार हुन्छ । त्यसमा नेपालीले कूल गार्हस्थ उत्पादनको २० प्रतिशत खर्च गर्ने गरेका छन् । आर्थिक वर्ष २०६६÷६७ मा भएको नेपालीको जीवनस्तर सर्वेक्षण अनुसार वार्षिक १९ हजार २६१ रुपैयाँभन्दा कम आय भएकालाई गरिवीको रेखामुनी राखिएको थियो । २०६८ को जनगणनाको तथ्यांकलाई आधार मान्दा यस्तो संख्या ५५ लाख ६३ हजार भन्दा बढी छन् ।

तथ्यांक अनुसार नेपालका प्रतिव्यक्ति औसत वार्षिक खर्च आय एकलाख ३३ हजार अर्थात् मासिक ११ हजार रुपियाँ छ । जबकि दशैंको बेलामा समान्य एक परिवारको मासिक खर्च औसतमा ५० हजार रुपैयाँ भन्दा बढी देखिन्छ ।

यसले प्रष्ट हुन्छ कि दशैं अब खर्च गरेर देखाउने पर्वमा मात्र सिमित हुँदै गइरहेको छ । यसले गर्दा ठूलो रकम खर्च हुँदा देशको अर्थतन्त्रलाई चलायमान त बनाउँछ तर गरिबीको रेखामुनि रहेको सर्वसाधारण र मध्य आय भएको जनसंख्याको ठूलो हिस्सालाई भने झन् गरिब बनाउँछन् ।

एउटा दशैंमा गरेको खर्चलाई व्यालेन्स गर्न अर्को दशैंसम्म पुग्नुपर्छ । एउटा दशैंको ऋण चुक्ता गरेपछि पुनः अर्को दशैं आइसकेको हुन्छ । त्यही भएर मध्य तथा निम्न वर्गीय जनता जहिले पनि गरिबको गरिब नै हुन्छ भने धनी झन धनी हुँदै जान्छ । दशैं तिहारमा सबभन्दा बढी कुरा उठ्ने कुरा वजार अनियन्त्रित । दशैं तिहारको नाममा अनेकखालका अफरहरु आए पनि मूल्य मनपरी हुन्छ ।

 खाद्यान्नदेखि लिएर लताकपडाहरुको मनपरी मूल्य लिएका हुन्छन् । सबैलाई दशैंमा कमाउने र खर्च गर्ने हतार हुन्छ । सरकारले पनि दशैंका लागि भनेर विभिन्न अफरहरु ल्याएका हुन्छन् तर त्यसबाट जनता खासै फाइदा लिएका हुँदैन । यातायातको व्यवस्थापनदेखि लिएर मूल्य वृद्धि नियन्त्रण तथा सुरक्षाका विभिन्न अफरहरु सार्वजनिक गरेका हुन्छन् । तर त्यसबाट जनताले लामा लिइरहेका हुँदैन । अर्थात दशैंको बजार सरकारको नियन्त्रणभन्दा बाहिर हुन्छ । जेहोस् सबैको दशैं शुभ रहोस् ।         

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..