» » दुर्घटनामा एकको मृत्यु

उर्मिला यादव
नवलपरासी, कार्तिक ४ गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासचोकमा सवारीसाधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अनुसार भैरहवाबाट परासी तर्फ आउदै गरेको लु १ ख ५६५८ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा एक रामग्राम नगरपालिका १८ बडगाउ बस्ने ३० बर्षिय लक्ष्मण चौधरीको मृत्यु भएको भने जनाको मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार ३२ बर्षिय सोहि स्थान बस्ने बलिराम चौधरी गम्भिर घाइते भएका छन ।

घाइते चौधरीको लुम्बिनी सिटी अस्पताल रुपन्देहिमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । ठक्कर दिने ट्रिपर र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्रिपर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..