» » तुलानारायण भन्नुहुन्छ, ‘बुद्ध एयरको फ्रन्ट डेस्कमा बस्ने कर्मचारीहरुको व्यवहार अत्यन्त रुखो हुन्छ’

तुलानारायण साह
काठमाडौं असोज २८ गते । राष्ट्रिय जनता पार्टी, नेपालका संघीय सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । अन्तरराष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरी उनलाई जनकपुर पुर्याएको छ ।

सांसद साहलाई पक्राउ गरेको विरोधमा राजपा नेपाल आन्दोलनको कार्यक्रम घोषणा गरेको छ भने विभिन्न कोणबाट त्यसको टिक्का टिप्पणी पनि भइरहेको छ । राजनीतिक विश्लेषक तुलानारायण साहले पनि आफ्नो फेसबुकमा चार बुँदे टिप्पणी लेख्नु भएको छ । प्रस्तुत छ, उहाँले गरेको टिप्पणी जस्ताको त्यस्तै ।

१. हिजो जनकपुर बिमानस्थलमा भएको घटना दुर्भाग्यपूर्ण थियो भने आज सांसद प्रमोद साहलाई जुन शैलीमा प्रकाउ गरिएको छ, त्यो खेदजनक छ ।

२. कसै कसैले सांसद प्रमोद साहको गिरफतारीलाई अफताब आलम र कृष्णबहादुर महराको गिरफतारीसँग जोडेर सरकारको कदमलाई सराहनीय भन्दै टिप्पणी गरिरहेका छन् । प्रमोद साहको गिरफतारीलाई अघिल्ला दुई गिरफतारीसँग तुलना गर्न मिल्दैन् । महरा र आलमको गिरफतारी गम्भीर प्रकारका अपराधसँग सम्बन्धित छ । जनकपुर विमानस्थलको घटना सामान्य प्रकृतिका हुन् । तथापी सांसदहरुको गिरफतारीमा आम मानिस खुशी हुनु राम्रो कुरा पटक्कै होइन् । आम मानिसले सांसदहरुको ब्यबहारमा थप सुधारको अपेक्षा राख्नु स्वभाविक हो ।

३. सांसद प्रमोद साहले बुद्ध एयरको उडान ढिलाई भएको कारण आक्रोशीत हुँदा एयरलायन्सका कर्मचारी र स्थानिय प्रशासन दुबैले बडो सक्रियतापूर्वक कारवाहीको प्रक्रिया अगाडी बढाएको देखियो । स्मरण रहोस, केही महिना अघि प्रदेश सभा सदस्य चमेली देबी दासलाई धनुषाको सिडियोले गाली गलौच गर्दै दुब्र्यबहार गर्दा कतै कुनै कारबाही भएको सुनिएन् । माननिय चमेली देबी दास स्वयंले सिडियोबाट गाली गलौच र दुब्र्यबहार खेपेको भिडियो सार्वजानिक भएको थियो । सांसद प्रमोद साहमाथीको कारबाहीमा अदालत र प्रशासनको जति जागरुकता देखिएको छ, त्यस प्रकारको जागरुकता आम मानिससँग सरोकारका सबालहरुमा देखिदैँन् । मधेसमा खटिएका प्रहरी, प्रशासनहरु अपवादबाहेक सम्प्रदायिक भावनाबाट ग्रसित भएर बोली, वाणी, ब्यवहार गर्नु खेदजनक छ ।

४. बुद्ध एयरको सेबामा प्रशस्त सुधारको आबश्यक्ता छ । म बुद्ध एयरको प्लाटिनम कार्ड होल्डर यात्रु हुँ । बरोबर गरिने यात्राको प्रत्यक्ष अनुभवको आधारमा भन्न चाहन्छु, बुद्ध एयरको फ्रन्ट डेस्कमा बस्ने कर्मचारीहरुको ब्यबहार अत्यन्त रुखो रहने गरेको पाएको छुु । काठमाण्डौमा पनि यदाकदा रुखो ब्यबहारका स्टाफहरु रहने गरेका अनुभव छ । जनकपुरको डेस्कमा बस्नेहरुको ब्यबहार खासै राम्रो रहेको अनुभव छैन् । मेरो ब्यत्तिगत अनुभवमा अन्य ठाऊँको तुलनामा जनकपुर र सीमराको उडानमा एयरलाइन्सका कर्मचारीहरुको ब्यबहार अलिक बढी नै रुखो रहने गरेको हुन्छ । तुलनात्मकरुपमा यती र श्री एयरलाइन्सका कर्मचारीहरुको ब्यबहार नम्र र सेवा प्रशंसनीय रहेको हुन्छ । बुद्ध एयरको उडानमा ढिलाई हुनु त कुनै नौलो कुरा नै रहेन् ।

जनकपुर घटनामा बुद्ध एयरले घुर्की देखाउनुको कुनै तुक छैन् । गल्ती दुबै पक्षबाट भएको छ तर सांसदलाई गिरफतार नै गरिहाल्नुपर्ने प्रकृतिका घटना होइन् यो । तथापी सांसदको आक्रोश, एयरलाइन्सको घुर्की, अदालत र प्रशासनको सम्प्रदायिक शैलीको सक्रियता सबै दुर्भाग्यपूर्ण छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..