» » बिपद जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रम सम्पन्न

उर्मिला यादव
नवलपरासी, असोज २८ गते । अत्यावश्यक पुर्वाधारमा बिपदबाट हुने क्षति घटाऔ, आधारभुत सेवा प्रवाह रोकिनबाट जोगाऔ भन्ने मुल नाराका साथ बिपद जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम प्रतापपुर गाउपालिकाको बेलाटारीमा आइतबार सम्पन्न भएको छ ।

जिल्ला बिपद ब्यवस्थापन समिती नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आयोजना तथा सहमती संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, प्रतापपुर गाउपालिका वडाअध्यक्ष, सदस्य, पत्रकार, सुरक्षाकर्मी, सहमति संस्थाका प्रतिनिधी, तथा स्थानिय बिपद ब्यवस्थापन समितीका सदस्य लगायत एकसय जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुले विपदबाट जोगिन तथा पूर्व तयारीको लागि गर्नु पर्ने कार्यहरु सहितको जिज्ञासा राखेका थिए भने सुरक्षा निकायका तर्फबाट भएको तयारीको बारेंमा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुबाट जानकारी गराईएको थियो । यस्तै गरी प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले सहभागीहरुले राखेको जिज्ञासाको बारेंमा जानकारी गराउँदै आफुहरु बसेको ठाउँमा कुन किसिमको विपद आउन सक्छ त्यसको पहिचान गरी सोही अनुसार उक्त विपत्तीबाट बच्न उपाय अपनाउनु पर्ने भन्ने कुराको जानकारी गराउनु भएको थियो । उहाँले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ अनुसार विपद जोखिम न्यूनिकरणका लागि जिल्लामा कार्य भई रहेको समेत जानकारी दिनु भएको छ । भने सोही अनुसार स्थानीय तहमा पनि योजना बनाई विपदको जोखिम न्यूनिकरणका कार्य गर्नु हुन सबैमा अनुरोध पनि गर्नु भएको छ

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..