» » महानगर दलालको घेराबन्दीमा परेको छ–सांसद यादव

वीरगञ्ज, असोज २६ गते । समाजवादी पार्टी, नेपालका पर्सा अध्यक्ष प्रतिनिधिसभा सदस्य प्रदीप यादवले जनताका सेवाका लागी जितेका महानगरपालिकाका मेयर दलालको घेराबन्दीमा परेकाले स्थानीय तहहरु समस्या परेको आरोप लगाउनु भएको छ ।

वीरगंज महानगरपालिकाको वडा नम्बर ३२ चोर्नीमा शनिवार आयोजित जनता दर्शन अभियान कार्यक्रममा बोल्दै उहाँले मेयरले प्रभावकारी काम गर्न नसकेकाले वडावासीको समस्या समेत आफूले समाधान गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काम गर्ने ईच्छा हुदाँ हुँदैपनि दलालको घेराबन्दीमा रहेकाले मेयरले काम गर्न नसकेको हो, एउटै उपाय छ, जबसम्म दलाललाई पाखा लगाईदैन तबसम्म महानगर समृद्ध हुँदैन ।’

‘अपनेके सांसद अपनेकेद्वार’ भने नाराका साथ सञ्चालित जनता दर्शन अभियानमा जनताको गुनासो र समस्या सुन्दै र समाधान गर्दै आइरहनु भएका सांसद यादवले चोर्नीको पोल पोलमा बती नरहेको स्थानीयहरुको गुनासोलाई उहाँले एक साताभित्र गराउने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी स्थानीयको आग्रहमा छठपर्वका लागि छठ पुजास्थलको बाटो मर्मत गरिदिने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । त्यस्तै, २०१४ सालमै स्थापना भएको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय स्तोरउन्नतीसंगै प्लस टुसम्म अपग्रेड गराईदिने स्थानीयहरुको माग थियो । आफनै गाऊँ ठाऊँका गरिब निमुखा जनताले वीरगंज जानै पर्ने बाध्याताले प्राविसम्म मात्रै पढाउने गरेको अपग्रेड भए प्लस टु सम्म पढाउन सकिने स्थानीयहरुको माग थियो ।

सम्बोधनको क्रममा सांसद यादवले जिर्णोद्वार विद्यालय यसैवर्ष सके आफ्नो सांसदीय कोषबाट नभए समाजसेविहरुको सहयोगले गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । गरिब निमुखा जनताको छोराछोरी विद्यालय अपग्रेड नभएकाले पढ्न नपाउने समस्या सामाधानका लागी वीरगंज महानगरको शिक्षा ईकाई र शिक्षा विभागलाई पत्र लेखेर अपग्रेड गराउन लगाउने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।

संघिय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष बासुदेव यादवको सभापतित्वमा समपन्न भएको कार्यक्रममा पुर्व गाविस प्रमुख कैलाश यादव, समाजवादी पार्टीका ईकाइ अध्यक्ष भोगेन्द्र महतो, पुर्व वडा अध्यक्ष रामायण महतो, भैरव महतो, विष्णु यादव, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थिति थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..