» » काँग्रेस र नेकपाका नेताहरु समाजवादी पार्टीमा प्रवेश

काठमाडौं असोज २५ गते । समाजवादी पार्टीमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका छन् ।

समाजवादी पार्टी बलरा नगरसमिती सर्लाहीले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले सो पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गर्नुभएको समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले बताउनुभयो ।

नेपाली कांग्रेसका नगर नेता हरिनन्दन महतो, गोविन्द सहनी, कपुरचन साह लगायतका नेताहरु समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो । 

केन्द्रीय नेता एवं प्रदेश सरकारका राज्यमन्त्री तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्र यादव ,उदय कान्त मिश्रा , प्रदेश सांसद अशोक यादव ,समाजवादी पार्टीका जिल्ला ईन्चार्ज राजेश सिंह ,सिमा सिंह सहितका नेताहरुले फुलमालाले स्वागत गरि प्रवेश गराउनु भएको थियो ।

समाजवादी पार्टीका बलरा नगर कार्यसमितिका नगर अध्यक्ष जवाहर झाको सभापतित्वमा कार्यक्रम भएका थियो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..