नवलपरासी असोज १३ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनवल नगरकमिटी नवलपरासीले बिजयादशमी, शुभ दिपावली, तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम आज सहिद बिष्णु प्रसाद पाण्डे स्मृति प्रतिष्ठान बडेरामा बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सुनवल ४ रमवापुरबाट पक्राउ परेका बिप्लव सम्बद्ध बिद्यार्थी संगठनका तीन जना कार्यकर्ता माथी मुद्दा दायर गरी अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
गत असोज १० गते सुनवल ४ तुरिया पुल स्थित संकास्पद रुपमा हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुनवल बाट खटिएको टोलीले चेकजाच गर्न खोज्दा प्रहरीलाइ अपशब्द प्रयोग गरी काम काजमा बाधा पुरयाएकोले अखिल का्रन्तिकारी लुम्बिनी ब्युरो इन्चार्ज बिरेन्द्र बिक, अखिल का्रन्तिकारी पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाची जिल्ला सदस्य एवम नवलपुर पुर्व बिद्यार्थी संयोजक नयन सिंह खडकालाइ प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनैजनालाई मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

No comments: