» » नागरीक समाजको अध्यक्षमा कैलाश

उर्मिला यादव
सुनवल असोज १३गते । नागरीक समाज पश्चिम नवलपरासीको अध्यक्षमा कैलाश ठाकुर चयन हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष ठाकुरले पश्चिम नवलपरासीमा रहेका सम्पुर्ण संघ संस्थाहरु तथा कार्यालयहरुले गरेका कार्यहरुको  निष्पक्ष , प्रादेशिक  र राजनितिक बिहिन  तरीकाले निगरानी गर्दै  अगाडि बढने बताउनु भएको छ ।

 उहाले जिल्लाको  सम्पुर्ण नागरीकको हकहितको लागी कार्य गर्दै नागरीक समाजलाइ जिल्लाकै नमुना समाजको रुपमा परिचित गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । जिल्लाको हरेक नगरपालिका , गाउपालिका लगायत क्षेत्रमा यसको बिस्तार गर्दै जाने समेत बताउनु भएको छ ।

पूर्व नागरीक समाज पश्चिम नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्यायको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आथित्यातमा आज हिजो सोमवार परासीमा  कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख  नरेन्द्र कुमार गुप्ता , पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरी शर्मा ,  नेपाल रेडक्रस सोसाइटी  नवलपरासीका अध्यक्ष राजेन्द्र प्रसाद अग्रहरी , उपभोत्ता हित संरक्षण मंच नवलपरासीका अध्यक्ष  रामजी ज्ञवाली ,  परासी क्याम्पसका अध्यक्ष सुमन गोपाल आचार्य ,उद्योग बाणिज्य संघ नवलपरासीका सदस्य उमेश पौडेल लगायतले मन्तब्य राख्दै  शुभकामना ब्यक्त गर्नु भएको नागरीक समाजका सचिव राजेश कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..