देशकै चर्चित साहित्यिक संस्थाहरुमध्ये राजविराजस्थित मैथिली साहित्य परिषदमा चुनावी प्रक्रियाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । राजविराजको बालमन्दिर परिसरमा असोज ११ गते सम्पन्न मतदान प्रक्रियाबाट सतिश कुमार दत्तको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । परिषद्को अध्यक्षमा सतिशकुमार दत्तसहित नौजना तथा प्रा.डा. रामखेलावन यादव नेतृत्वको प्यानलबाट सचिव र कोषाध्यक्ष विजयी भएका छन् ।
अध्यक्ष पदमा दत्तले २९७ मत पाएर जीत सुनिश्चित गरेका गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रा.डा. रामखेलावन यादवले १६४ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदमा श्यामसुन्दर यादवले ३४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । सोही पदमा निकटतम प्रतिद्धन्दी भीमशंकर देवले १२२ मत प्राप्त गर्नुभएको छ । प्रा.डा.यादवको प्यानलबाट सचिव पदमा अजय कुमार झा २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी अजितकुमार ठाकुरले २१५ मत ल्याउनु भएको छ ।
समितिको उप–सचिवमा पंकज कुमार झा ३१२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेशकुमार साहले १४८ मत प्राप्त गर्नुभएको छ । समितिको कोषाध्यक्ष पदमा डा. यादवको प्यानलबाट अमरकान्त झाले २३७ मत ल्याएर विजयी हुनुभएको छ । दत्त नेतृत्वको प्यानलबाट कोषाध्यक्ष पदमा रामअधिन साहले २१६ मत प्राप्त गर्नुभएको छ । यसैगरी समितिको सदस्यहरुमा जिवछ दास २६९, मिथिलेश कुमार यादव र चन्दन यादवले बराबर अर्थात २६६, भूपेश कुमार भूप २४२, विद्यानन्द राम २१७ र ध्रुबकुमार मण्डल २१३ मत ल्याएर विजयी हुनुभएको नव निर्वाचित उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।
परिषदमा कुल ७६७ मतदाता रहेकोमा ४८५ जनाले मतदान गरेका छन् । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण सम्वद्र्धनकालागि नेपालमै अग्रणी संस्थाको रुपमा परिषद् २०२६ सालमा स्थापना भएको थियो ।

No comments: