» » सुनैनाको मिथिला चित्रकला अब जपानमा

कुनै बेला घरमै बसेर चित्र कोर्ने बाध्यता रहेको मिथिला क्षेत्रमा छोरी र नारी अव देशमा मात्र होइन विदेशमा समेत गएर आफ्नो कला र कौशल देखाउन थालेका छन् । महोत्तरी जिल्लाको सुगा भवानी पट्टी घर भएकी सुनैना आफ्नो मिथिला चित्रकाला जपानमा प्रदर्शन गर्नुभएको छ । सुनैनाको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भदौ २७ शुक्रबारदेखि शुरु भएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

सुनैनाका अनुसार प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्रकला रहेका छन् । महोत्तरीकी सुनैनालाई घरमा पति शंभु ठाकुरको साथ र सासु आमाको अनुमतिले नै उहाँ अहिले देश विदेशमा समेत आफ्नो कलाको माध्यमबाट आफ्नो गाउ ठाउँको पहिचान दिलाउनु भएको छ । जापानमा जारी उहाँको एकल चित्रकलाका साथै प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु समेत रहेका छन् । त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाललगायत वस्तुहरुसमेत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेको कलाकरा ठाकुरले जानकारी दिनुभयो ।

मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्याए वापत कलाकार ठाकुरले केही दिनअघि मात्रै ५० हजार रुपियाँ राशिको सङ्गति ग्राण्ट अवार्ड प्राप्त गर्नुभएको थियो । यसअघि कलाकार ठाकुरले लोककलातर्फ राष्ट्रिय ललितकला पुरस्कार, अमेरिकाबाट कमन ग्राउण्ड अवार्डलगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

अमेरिका, श्रीलङ्का, भारतमा समेत एकल तथा सामुहिक चित्रकला प्रदर्शनी गरिसक्नुभएकी कलाकार ठाकुरले जनकपुरधामको जानकी मन्दिर प्राँगणमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँले काठमाडौँको ठमेलमा समेत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालन गर्नुभएको छ । उहाँले पोखरा, जलेश्वर, काठमाडौँलगायत स्थानमा समेत सामुहिक र एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ । अहिले मिथिला(मधेशमा सुनैनाको प्रसंसा गर्ने को कमी छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..