» » टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी

काठमाडौं, भदौ १५ गते । आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका लागि सचिवमा दामोदर ढकालले उम्मेदवारीको घोषणा गर्नु भएको छ ।
यसका साथै टानको निर्वाचनका लागि अध्यक्षका प्रत्याशी अञ्जन (कुमार) थापा समुहको प्यानल निर्माण भएको छ । टानका पूर्व कोषाध्यक्ष समेत रहिसकेका थापा आसाही ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ ।

थापा नेतृत्वको समूहमा निम्नानुसारका उम्मेदवार रहेका छन् : –

अध्यक्ष : अञ्जन थापा (कुमार)
बरिष्ठ उपाध्यक्ष : ऋषिप्रसाद नेपाल,
प्रथम उपाध्यक्ष : प्रकाशचन्द्र देवकोटा
द्वितीय उपाध्यक्ष : तेन्जिङ शेर्पा
महासचिव : सरिता लामा
सचिव : दामोदर ढकाल
कोषाध्यक्ष : टेक खकुरेल
सह–कोषाध्यक्ष : प्रदिप पण्डित

सदस्यहरु

रघु पौडेल
मिङमा शेर्पा
कृष्णगोपाल श्रेष्ठ
निमा डिकी शेर्पा
ठाकुर प्रसाद सापकोटा
प्रेम बहादुर लामा
सुनिल सिलवाल

About Staff Reporter

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..