» » बाबुरामको चेतावनीः सविधान संशोधन भएन भने सरकारबाट बाहिरीन्छौं

बाबुरामको चेतावनीः सविधान संशोधन भएन भने सरकारबाट बाहिरीन्छौं
काठमाडौं, असोज ३ गते । समाजवादी पार्टी नेपालका अध्यक्ष डा।बाबुराम भट्टराईले समयमा नै संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने बताउनुभएको छ ।

शुक्रबार राजधानीमा आयोजित संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयमा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले संविधान संशोधनको सर्तमा आफूहरु सरकारमा सहभागी भएकाले संविधान संशोधनका लागि सरकारलाई अल्टिमेटम दिने बताउनुभएको हो ।

ूहामी संविधान संशोधनको सर्तमा सरकारमा सहभागी भएका हौं, अध्यक्ष भट्टराईले भन्नुभयो, ूएक चरण सरकारसँग राम्रोसँग हामी कुरा गर्छौं । संविधान संशोधनका लागि अल्टिमेटम पनि दिन्छौं यदि सरकारले समयमा नै संविधान संशोधन गरेन भन्नुभयो हामी सरकारबाट बाहिरिन्छौं ।ू

उहाँले तत्कालीन एमाले र अहिलेको कांग्रेस संविधानको पक्षमा नरहेको भन्दै माओवादीको जोडबलमा संविधान बनेको स्पष्ट पार्नुभयो । अहिलेको संविधान जनताले बाहेक कसैले खोस्न नसक्ने भट्टराईको भनाइ थियो ।

अध्यक्ष भट्टराईले नीति नियम बनाउने ठाउँबाट नै भ्रष्टाचार हुने गरेको भन्दै लोकपालको व्यवस्था नहुनेजेलसम्म नरोकिने जोड समेत दिनुभयो ।
संविधानमा रहेको अपूर्णता पूरा नगरी सर्वस्वीकार्य हुन नसक्ने बताउँदै उहाँले संविधानमा रहेका कमजोरीलाई सच्याउने र सवल पक्षको रक्षा गर्न समाजवादी पार्टीको उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।
‘संविधान घोषणा गर्ने बेला आफूले भन्नुभयोको संविधान ‘आधा गिलास भरी, आधा गिलास खाली’ को भनाईमा मेरो अडान यथावत छ,’ उहाँले भन्नुभयो, ‘बाँकी आधा गिलास भरेपछि मात्र स‌ंविधान सर्वस्वीकार्य हुन्छ ।’

उहाँले स‌ंघीयता भएपछि पहिचान किन चाहियो भनेर प्रश्न गर्नेहरुलाई जवाफ दिँदै भन्नुभयो, ‘पहिचान भएर नै संघीयता हुने हो, पहिचान बिना संघीयता नै हुँदैन ।’
उहाँले नागरिकतामा छोरा र छोरीबीच समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशी ज्वाइँ वा बुहारी आएर देश खाइदिन्छ भन्नुभयोर डराउनु नपर्ने भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो ।

‘अहिलेको युगमा छोरा र छोरीबीच विभेद गर्न हुँदैन । कि त दुबैलाई तत्कालै ९नागरिकता० दिऔं, कुनै आकाश खस्दैन । छोराछोरी आफ्नै देशमा राख्न सकेका छैनौं, सबै विदेशतिर गएर देश खाली हुन थाल्यो’ उहाँले प्रश्न गर्नुभयो, ‘विदेशीले ज्वाइँले देश भरिन्छ, बुहारीले यो देश खाइदिन्छ भन्नुभयोर किन डराउनुपर्‍यो ? जब छोराछोरी त देशमा बस्दैनन् भन्नुभयो ज्वाइँ र बुहारीसँग किन डराउनुपर्‍यो ? ’

कार्यक्रममा बोल्दै समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान दिवसको उत्सव मनाउने र कालो दिनको रुपमा मनाउनेहरुलाई समाजवादी पार्टीले जोड्न चाहेको बताउनुभयो ।

उहाँले संविधान दिवसलाई उत्सव पनि नमनाउने र कालो दिवस पनि नमनाउने पार्टी नीतिको बचाउ गर्दै भन्नुभयो, ‘हामीले एकप्रकारको भद्र अवज्ञाको बाटो लिएका छौं ।’

‘एउटा बच्चालाई दुईटा आमाले दावी गर्छन्, न्यायाधीशले आधाआधा काटेर लिन आदेश दिएपछि सक्कली आमाले बरु बच्चा मलाई चाहिँदैन, बच्चा नकाट भनेजस्तै भयो,’ उहाँले संविधान घोषणाका दिनहरु स्मरण गर्दै भन्नुभयो, ‘डा। भट्टराईले यस्तै अवस्थामा संविधान घोषणा गर्ने कामको नेतृत्व गर्नुभयो ।’
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संविधान परिवर्तनीय दस्तावेज भएकोले संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो ।


‘संविधान संशोधनको माग गर्नेहरुको शक्ति कमजोर हुँदै गइरहेको सत्ताशीनहरुको बुझाई छ,’ उहाँले भन्नुभयो, ‘यो एजेण्डा उठाउनेहरुले पनि हिजो शक्ति सन्तुलन बिर्सिएर आजको अवस्थालाई मध्यनजर गर्नुपर्छ ।’

समाजवादी पार्टीले शुक्रबार सातै प्रदेशमा संविधान संशोधनको लागि दबाव दिने गरी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..