» » सांसद यादवद्धारा स्कूललाई सामाग्री प्रदान

वीरगञ्ज ,असोज ९  गते । समाजवादी पार्टी, पर्सा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आफ्नो तलब भत्ता वापतको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नगवालाई १५ थान पंखा सहयोग गर्नुभएको छ ।

समाजवादी पार्टी नेपालका सांसद यादवले महानगरमा भएपनि २०१७ सालमै स्थापना भएको यस विद्यालय स्रोत साधनको पहुच बाहिर रहेकाले  स्कुल पुगेका  आफ्नो एक्लो तलब भत्ता कटौती गरी पंखा सहयोग गर्नुभएको हो ।

शैक्षिक मेलाको बेला स्कुलमा प्रमुख अतिथिकै रुपमा पुगेका सांसद यादवले बस्तुस्तिथि हेरेपछि मञ्चबाटै स्कुलका बालबालिकाका लागि पंखा सहयोग गर्ने घोषणा गर्नुभएका थियो । र घोषणा गरे अनुसार सांसद यादवको अनुपस्थितिमा विहिबार पार्टीका जिल्ला सदस्य सुन्दरकुर्मीको नेतृत्वमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम मिश्रालाई १५ थान पंखा हस्तनान्तरण गर्नुभयो ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अरुण यादव, शिक्षकहरु ऋजय साह, मनोज चौरसिया, विजय चौरसिया, पदमा पौडेल व्यवस्थापन सदस्य मनदिस राउत अहिर, अब्दुल मियाँ लागायतको उपस्थिति थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..