महोत्तरी भदौं २४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा मंगलवार झडप भएको छ ।
महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा जिल्ला समिति गठनको विषयमा असन्तुष्ट व्यक्त गर्दा त्यो झडप भएको हो ।
जिल्ला समितिमा पार्टीमा योगदान दिने भन्दा पनि प्रदेशका अध्यक्षले आफ्ना आसेपासेलाई कमिटीमा राखेको आरोप थियो । जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गराउन खोजेको असन्तुष्टि पनि कार्यक्रममा व्यक्त भएको थियो । तर असन्तुष्टहरुका चेतावनीका बीच सपथ ग्रहण समारोहलाई यथावत सञ्चालन गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो ।
झडपलाई नियन्त्रण लिनका लागि प्रहरीले लाठीचार्ज समेत गरेको थियो । प्रहरीको लाठी चार्जबाट केही नेता तथा कार्यकर्ता समान्य घाइते पनि भएका छन् । जिल्लामा यस्तै असन्तुष्टि र गुनासोहरुको कारण प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साहले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो ।
तर उहाँको राजिनामा स्वीकार भएको थिएन । जिल्लामा देखिएका असन्तुष्टिलाई मिलाएर सपथग्रहण कार्यक्रमहरु गर्न केन्द्रले निर्देशन दिएको थियो तर निर्देशनको वेवास्ता गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

No comments: