» » किसानहरु ओल खेतीप्रति आकर्षित

देशका विभिन्न ठाउँका किसानहरु ओल खेतीप्रति आकर्षित हुन थालेको छ । अन्य सिँचाईका कारण अन्य बाली उत्पान्नमा समस्या भइरहेको बेला किसानहरु ओल खेतीमा लागेका छन् ।

उदयपुर, सुनसरीलगायतका जिल्लाका किसानहरु आल खेतीमा विशेष रुपले लागेको पाइएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका किसान उन्नत  जातको ओल लगाउदा धानको भन्दा पाँच गुणा बढी आम्दानी हुन सक्नेभएपछि किसान यसतर्फ आकर्षित भएका छन् । 


गाउँमा किसानले १० धुरदेखि १० कट्ठासम्ममा ओल खेती लगाएको इनरुवा ९ बबियाका किसान अशोक यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बबियाका किसान सत्यनारायण यादवले व्यासायिक रुपमा नै ७ कट्ठामा ओल खेती लगाउनुभएको छ । हरिनगर ४ का किसान मनोजकुमार पालले धानको भन्दा पाँच गुणा बढी आम्दानी भएकाले यो खेतीलाई निरनतरता दिएको र व्यवस्थित ओल खेती गरेको बताउनुभयो । सुनसरीको विभिन्न स्थानीय तहमा ओलमा अनुदान दिएकाले पनि ओल खेती बढेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँवले जानकारी दिनुभयो ।


अन्य  तरकारी खेतीसँगै यहाँका किसानहरुले ओल खेती लगाएको र प्रति बोटमा ४ केजीदेखि १२ केजीसम्म तथा प्रति कट्ठा २५ मनसम्म उत्पादन गरेको बबियाका किसान ममतादेवी यादवले बताउनुभयो । विभिन्न गाउँ तथा वडाका किसानहरुले ओल खेती लगाएको र प्रति बोटमा ३ केजीदेखि १५ केजीसम्म उत्पादन गरेको किसान रामदेव मेहताले बताउनुभयो । अहिले ओलबाट प्रति कठ्ठा १५ देखि २५ हजार रुपियाँसम्म आम्दानी गरेको मेहताले जानकारी दिनुभयो ।


उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहाका किसानहरु पनि थोरै जग्गामा लाखको कमाई गरिरहेका छन् । स्थानीय सविन तामाङलाई अघिल्लो वर्षसम्म ओल खेती सम्बन्धी कुनै जानकारी थिएन । तर अहिले उहाँको बारीमा रहर लाग्दो किसिमले ओल फस्टाएको देख्न सकिन्छ । ओल खेतीबाट थोरै जमिन हुनेले पनि राम्रो आम्दानी गर्न सक्ने भन्दै उहाँले गाउँमा ओलको खेती गर्न किसानलाई सचेतना गरेपछि तामाङ समुदायको बाहुल्य रहेको बगाहाको धौरी गाउँका किसान यसप्रति आकर्षित बनेका हुन् ।


बजारमा प्रति केजी ५० रुपियाँको दरमा विक्री हुने ओलको एउटा बिरुवाबाट कम्तीमा २५ किलोग्रामसम्म उत्पादन हुने हुँदा थोरै जग्गामा पनि धेरै कमाउन सकिने सम्भावना भएकोले आपूm ओलप्रति आकर्षित भएको स्थानीय दिलकुमारी तामाङले बताउनुभयो । उहाँले करिब दुई कठ्ठा जग्गामा यस वर्ष ओलको खेती गरेको र यसबाट सम्पूर्ण खर्च कटाएर कम्तिमा पनि एकलाखसम्म रकम आपूmलाई हातलागि हुनसक्ने बताउनुभयो । अघिल्लो वर्ष १५० वटा बिरुवाबाट करिब ३५ क्विन्टल ओल उत्पादन भएको र त्यसबाट एकलाख ८० हजार रुपियाँ कमाइ भएको उहाँले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..