
पत्रकार अनुराग विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा लाग्नु भएको छ । विभिन्न रेडियो, अनलाइन, पत्रपत्रिका तथा टीभीमा काम गर्नुभएका अनुराग हाल एबीसी टेलिभिजनको दैनिक कार्यक्रम एबीसी वाच र स्टे«ट टकका प्रस्तोता हुनुहुन्छ ।
त्यसैगरि, प्रतिष्ठानले चर्चित समाचार वाचिका प्रतिमा चौधरी, कलाकार लोक पौडेल र दीपक तिवारीलाई पनि सम्मान गरेको छ ।
स्मृतिसभामा प्रतिष्ठानले गरेको गतिविधि समेटिएको स्मारिका लोकार्पण गरिएको छ ।
स्वर्गीय प्रभुनारायण चौधरी नेपालको चर्चित कम्युनिष्ट नेता हुनुहन्थ्यो । उहाँले नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालसँग कम्युनिष्ट आन्दोलनमा समेत सहभागि भएका थिए । २०६२–६३ जनआन्दोलन २ को समयमा उहाँ सक्रिय भएर सडक आन्दोलनमा सहभागि हुनुभएको थियो ।
No comments: