» » भारतद्वारा निर्मित क्याम्पस भवनको उद्घाटन

काठमाडौं भदौं २२ गते । भारत सरकारको सहयोगमा निर्मित कोटेश्वर बहुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन भएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले शनिवार सो भवनाको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा तत्कालिन (नेकपा) एमालेका नेता तथा पूर्व परराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य लगायतको उपस्थिति थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस सन् १९९० मा स्थापना भएको हो । गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सो सामुदायिक क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय परीक्षाबोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसले उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्याम्पसमा करिब तीन हजार सातसय विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ६०% छात्रा रहेका छन् ।

भारत सरकारको ४.५१ करोड रुपियाँ अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षा कोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्षा रहेका छन् । साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ ।

यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा नेपालस्थित भारतीय दुतावासले गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..