
तर सुनसरीमा अलि फरक ढंगको कालो दिवस मनाएको छ । असोज ३ गते सुनसरीमा विहानैदेखि सुरक्षा अवस्था कडा पारिएको थियो । राजपा नेपालले केन्द्रबाट प्रदेशसभा सदस्यहरु विक्की यादव र डा.रीना यादवलाई खटाइएको थियो ।
नारा जुलुस लगाउन सडक निस्कियो भने प्रहरीले समात्ने अवस्था थियो । डा.रिना यादवले भन्नुभयो, विहानैदेखि धडपकड भइरहेको थियो, जुलुस निकाल्ने अवस्था थिएन अनि म अगाडी आए ।’
महिला प्रहरी नभएको कारण जुलुस निकाल्न सजिलो भएको बताउँदै रिना यादवले सडकमा आएपछि प्रहरी पक्राउ गर्न आएको तर आफूले पक्राउ पूर्जी माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, त्यसपछि प्रहरीले कालो झण्डाले हटाउन भन्यो, कालो झण्डा हटाएपछि ब्यानर हटाउन भन्यो । ब्यानर हटाएपछि टाउको र हातमा बाँधिएको कालो पट्टी हटाउन भन्यो, त्यसपछि मैले भने तपाईहरु त हद गर्नुहुन्छ, सबै हटाउन भन्नुहुन्छ, मैले कालो साडी लगाएको छु त्यो पनि हटाउन भन्नुहुन्छ कि क्या हो ?’

यति भनेपछि प्रहरीहरु एउटा कुनामा गएर बस्यो । अनि आन्दोलनकारीले त्यहाँ नारा जुलुस लगाएको थियो । त्यसपछि पनि प्रहरीले समात्ने प्रयास गरेको थियो । तर डा.रिना यादव जुलुसको नेतृत्व गर्नुभएको कारण प्रहरी अगाडि बढ्न सकिरहेको थिएन । किनभने त्यहाँ महिला प्रहरी थिएन ।
प्रदेशसभा सदस्य विक्की यादवका अनुसार देवनारायण यादव, रामनारायण यादव, करन तामाङ, मोहन मेहता र मनिष रौनियारलाई प्रहरीले पक्राउ गरेको थियो । कार्यक्रम सकेपछि डा.रिना यादव, विक्की यादव लगायतका नेताहरु पक्राउ परेकालाई छोडाउन प्रहरी कार्यालय जानु भएको थियो । प्रहरीसँग कुरा गरेर उहाँहरुलाई छोडाउनु भयो तर पक्राउ परेकाहरुको मोबोइलबाट प्रहरीले सबै फोटो तथा भिडियो डिलेट गर्न लगाएको थियो ।
No comments: