» » प्याजको मूल्य २१२ प्रतिशतले वृद्धि

हरेक तरकारीलाई चाहिने चिज प्याजले बेलाबेलामा तरङ्ग ल्याउने गरेको छ । तरकारीमा सबभन्दा मूल्यमा उतार चढाउन हुने प्याज नै हो । प्याजको मूल्यका कारण भारतमा सरकार पनि हलिएका थियो । मूल्य वृद्धिका कारण कतिपयले आत्महत्या गरेको समाचारहरु पनि बाहिर आएको थियो । अहिले प्याजको भाउ पाँच महिनाको बीचमा २१२ प्रतिशतसम्म महँगो भएको छ । भारतमै महँगो भएकाले नेपाल ल्याइपु¥याउँदा झन महँगो भएको व्यपारीहरु बताउँछन् ।

पाँच महिना पहिले बैशाखमा प्रतिकेजी २५ रूपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर ७८ रूपियाँमा विक्रि भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको बैशाखमा प्रतिकेजी २५ रूपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर ७८ देखि ८० रूपियाँ थोकमा किनबेच भइरहेको छ । कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी ९६ रूपियाँमा किनबेच भइरहेको छ । जबकी पाँच महिना अगाडि सोही बजारमा ४० रूपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बजारमा प्याजको आयात कम भएरभन्दा पनि भारतबाट आयात हुँदै आएको प्याज उतै महँगो भएकाले नेपालमा पनि भाउ बढेको बताउनुभयो । उहाँले भन्नुभयो ‘बजारमा प्याज आउने क्रम रोकिएको छैन तर मूल्य भने महँगो भएको छ, लागत नै महँगो भएकाले हो, कालीमाटी बजारमा आएर गडबढ भएको पाएका छैनौ ।’


समितिका अनुसार उपत्यकावासीको प्याजको शत प्रतिशत माग भारतले नै धानेको  छ । समितिका कार्यकारी निर्देशक पौडेलले कालीमाटी बजारमा भित्रिने सबै प्याज भारतबाट आउने  गरेको र स्थानीय प्याज कहिले पनि यस बजारमा आइनपुग्ने जानकारी दिनुभयो । भारतले पनि चीन, पाकिस्तान, ग्रिस, अफगानिस्तानसँगै अरु देशबाट प्याज आयात गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसले पनि नेपाली बजारमा प्याजको भाउ अझै बढ्ने देखिएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..