जनकपुर असोज ३ गते । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले संविधान संशोधन नभए मधेशी जनताले अलग्गै खालको विद्रोह गर्ने चेतावनी दिनुभएको छ । संविधान नभए मधेश अलग हुन सक्ने चेतावनी दिँदै उहाँ समयमा सविधान संशोधन गर्न आग्रह गर्नुभयो ।
शुक्रवार जनकपुरमा सानो पाइला लगायतका संस्थाल संयुक्त रुपमा आयोजना गरेको सविधान सम्बन्धी कार्यक्रममा कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गर्नुभयो । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ’ ठाकुरले चेतावनी दिनुभयो ।
नेपालको संविधान २०७२ मा जनताको अवधारणा राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला,मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताउनुभयो ।
उहाँले सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै समयमै संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउने चेतावनी दिनुभयो । मुख्यमन्त्री लालबाबु राउत संविधान दिवसका अवसरमा आफंैले घोषणा गरेको कार्यक्रम छोडेर गैरसरकारी संस्थाले गरेको संविधानविरोधी कार्यक्रम सहभागी हुनुभएको हो ।

No comments: